arrow

हाईलाइफ फुडद्धारा भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुलाई खाध्य सामाग्री सहयोग

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
hilife-products.jpg

काठमाडौं ।हाईलाइफ फुड प्रोडक्ट प्रा.लि. बुटवल–१०, रुपन्देहीले कोरोना भाईरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनकालागि आफ्ना उत्पादनहरु वितरण गरेको छ ।

कम्पनिले आफ्नै उधोगबाट उत्पादित चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाध्य सामाग्री सहयोग गर्दै आएको हो । यस क्रममा २०७७ जेठ ०८ का दिन बुटवल, वडा नं ४ कान्ति मा.वि.को क्वारेन्टाईनमा रहेका ११० जनाकोलागि मिश्रीत खाधान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ ।

यसबाट उक्त स्कुलमा रहेका व्याक्तिहरुले धेरै राहत अनुभव गर्र्ने विश्वास गर्दै उक्त कम्पनीले यस विषम परिस्थितीमा निकै सह्रानीय काम गरेको अध्यक्ष पराजुलीले जानकारी गराए ।

त्यस्तै सोही दिन कम्पनिले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाध सामाग्री हस्तान्तरण गरिएको छ र यसअघि पनि सियारी गाउंपालिका वडा नं. १ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साही मार्फत खाध्य सामाग्री हस्तान्तरण गरिसकेको र कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमीरेले जानकारी गराए ।

उक्त कम्पनीले उत्पादन गर्ने सबै खाधान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादीत वस्तु नेपालका साथै विदेशमा पनि हङकङ, मकाउ लगायतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरीकामा पनि निर्यात गर्ने प्रकृयामा रहेको छ । यस विषम परिस्थीतीमा पनि कम्पनीले खाधान्न अभाव नहोस् भन्ने हेतुले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ भने कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाकालागि कम्पनी स्वयंमले कोभिड–१९ विमा व्यबस्था गरिदिएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ