arrow

लकडाउनमा काठमाडौंमा १८ हजारलाई खाना खुवायो शुभारम्भले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
relief-product-food-handove.gif

काठमाडौं। बिश्वभरी महामारीको रुपमा फैलिएर लाखौंको ज्यान लिईसकेको कोरोना भाईरसले नेपालमा पनि ५ सय भन्दा बढीलाई संक्रमण भइसकेको छ। नेपालमा लकडाउन भएको ५९ औं दिन भएको छ। 

लकडाउन भएको दिन देखिनै बिभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम, खुल्ला छोडिएका पशुपंछिहरूलाई खाना खुवाउने, काठमाडौंको बिभिन्न स्थानमा किट्नास औषधी छर्कने र लकडाउनको छैठौं दिनबाट दैनीक ३५० जना देखि ४६० जना सम्मलाई खाना खुवाउने कार्यमा शुभारम्भ युवा क्लब र यसका सदस्यहरू ब्यस्त रहँदै आएका छन्। यो कार्यको संयोजन क्लबका अध्यक्ष तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलले गरेका छन्। 

बिश्वका भारत बङगलादेश, फिलिपिन्स, श्रीलंका, अमेरीका र नेपालको बिभिन्न प्राकृतिक प्रकोपमा उद्धार तथा राहत बितरणको अनुभव लिईसकेका प्याकुरेलले ५१ औं दिनसम्म कोभिडद्वारा  लकडाउनको बेलामा दैनिक गुजारा चलाउन गाह्रो भएका ब्यक्तिहरुलाई काठमाडौंको सिनामंगलस्थित अमर आदर्श स्कुलको प्राङगणमा दैनिकरुपमा खाना बितरणको ब्यबस्था मिलाएका थिए। 

काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ को समन्वयमा शुभारम्भ युथ क्लब, आव्हान युवा संजाल, बिजयचोक युवा क्लबका सदस्य मिलि ५१ औं दिनसम्म करिव १८ हजार जनालाई खाना खुवाएका थिए। 

शुभारम्भ युवा क्लबका सदस्यहरूले कोभिड १९का कारण ज्यान गुमाएकि महिलाको मृत शव दाह संस्कार पुर्व र दाह संस्कार पछि पशुपतिनाथको ईलेक्ट्रिक शव दाहगृहमा किटनासक औषधी छर्केका थिए। 

खाना बितरण कार्यमा चाईल्ड एजुकेशन नेपाल युके, श्री सदानन्द प्रणामी म्यारेटेवल ट्रष्ट काठमाडौं, नेपाली  जनसम्पर्क समिति जर्मन, कृती फाउण्डेशन, नेपाल जर्मन चेम्बर अफ कमर्श, तथा बिभिन्न ब्यक्ती, समुहले सहयोग गरेका थिए। ५१ औं दिनसम्म चल्दै आएको खाना बितरण कार्यक्रम काठमाण्डौ महानगरपालिका र स्थानिय सरकार र प्रशासनको आग्रहमा केहि समयको लागी रोकिएको क्लबका सल्लाहकार शिव मग्रातीले बताए । 

बिश्वभरी भएका प्राकृतिक प्रकोपमा खटिने प्याकुरेलले खाना बितरण कार्यक्रम केहि दिनमा सुचारू हुनेमा विस्वस्त छन् । प्याकुरेलको नेतृत्वदायी कार्यको प्रशंसा गर्दै युथ फर ह्युम्यान राईटस् ईन्टरनेशनलले संयुक्त राष्ट्र संघको मुख्यालयमा अवार्ड दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ