arrow

गलकोटमा १५ शैयाको क्वारेन्टाइन

logo
कौरव खत्री, 
प्रकाशित २०७७ जेठ १० शनिबार
quarantine-baglung.jpg

बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । कोभिड १९ को कोरोना भाइरसको संक्रमण वडामा फैलिन नदिनका लागि क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिका  ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।

साथै देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर गरेर गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको वडाअध्यक्ष भण्डारीले जानकारी दिए ।

त्यस्तै गलकोट नगरपालिकाको सबै वडाहरुमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुसार क्वारेन्टाइन निर्माण कार्य गरिएको गलकोट नगरपालिका ३ का वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै अन्य वडाबाट यस वडाभित्र आउने नागरिकहरुलाई सुरक्षित रूपमा राखेर वडामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि क्वारेन्टाइन निर्माण  कार्यले सहजता प्रदान गरेको बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

साथै क्वारेन्टाइनमा राखिने नागरिकको लागि सेनिटाइजर, माक्स, सावुन, ब्रस पेस्ट,ट्रावेल विस्तारा लगायतका आवश्यक पर्ने सामग्रीहरू गलकोट नगरपालिका र गलकोट उद्योग वाणिज्य संघ गलकोटले सहयोग गरेको गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।

विशेष गरि भारतबाट आउने नागरिकलाई स्वास्थ्य चेक जाँच गरिसकेपछि  क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुका लागि समय समयमा स्वास्थ्य चेक जाँच गरिने वडाले जनाएको छ । क्वारेन्टाइन निर्माण भएपछि वडाभित्र स्वदेश तथा विदेशबाट आउने नागरिकहरुलाई व्यवस्थापनमा थप सहज पुग्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ