arrow

गुल्मीका शिक्षकको रिपोर्ट कहाँ हरायो ?, परिवार भन्छन्- अस्पतालको लापरवाहीलाई छोपियो

सेना परिचालन गरि गुल्मीका शिक्षकको शव जंगलमा गाडियो

logo
नारायण वली,  
प्रकाशित २०७७ जेठ १० शनिबार
crimson-hospital-butwal.gif

रुपन्देही । ज्वरो आएपछि स्वास्थ्य जाँचका लागि धेरै अस्पताल धाएका गुल्मीका एक शिक्षकको अन्नतः पुन. गृहजिल्ला फर्किन नपाएरै रुपन्देहीको एक अस्पतालमा विहीवार (अस्ती) अस्ताउनु पर्‍यो । सवैको आशा थियो, उनलाई चाँडै निको हुन्छ । तर ठिक त्यो कल्पना र प्रार्थना विपरित हुन पुग्यो र अस्पतालमा उपचारात शिक्षकको उपचार सघनमै ज्यान गयो । 

गत मंगलवार र बुधवार सोही व्यक्तिको उपचारका क्रममा निधन भयो भन्ने खवरले निकै व्यापकता पायो । त्यसको वारेमा जान्नलाई जनचासो संगै विभिन्न सञ्चारमाध्यमको ध्यान तान्न पुगेको उक्त खवरले अस्पताललाई खोधपुछमा निकै दवाव पुगेपछि अन्नतः गत बुधवार मध्यान्न १२ वजे अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दै उनको अवस्था जिवितै रहेको तर गम्भिर रहेको जानकारी गरायो ।

उनको मृत्युको समाचारले प्रदेश–५ सामाजिक विकास मन्त्रालय र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख सम्म तानेपछि थप सो विषय चाखलाग्दो, सोचनिय वन्न पुग्यो । तर गत बुधवार विज्ञप्ती निकालेर जिवित रहेको जानकारी गराएको रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालले गत विहिवार विहानै सोही अस्पतालमा उपचारारत गुल्मीका शिक्षकको निधन भएको वारे परिवार देखि अन्य सवै ठाउँमा जनायो । तर औपचारिक पुष्टि विना मृत्युको खवर पुर्‍याउन व्यस्त रह्यो ।

जेठ ५ गते कोरोना भाइरस परिक्षणको रिपोर्ट पोजेटिभ आयो । पुन. उनको दोस्रो पटकको स्वाव परिक्षणका लागि जेठ ७ गते साँझ लगियो । तर उनको मृत्यु ८ गते विहान भयो भन्ने खवर जताततै छायो, यद्यपी यस विषयमा क्रिमसन अस्पतालद्वारा एउटा आधिकारिक बक्तव्य निकालेर मृत्यु भएको कारण र उनको रिर्पाेटको वारेमा जानकारी अझै सम्म गराउन सकेको छैन् । 

तर उक्त मृतक शिक्षकको सम्पर्कमा आएका आफन्त ,अस्पतालका चिकित्सक ,नर्स र कर्मचारी सबैको कोरोना भाइरसको स्वाव रिपोर्ट  नेगेटिभ आउनु, उनको शव हतारमा व्यवस्थापन गर्नु र रिर्पोट नआउनुलाई विश्वसयिता माथि प्रश्न उब्जिएको उनका सहपाठीहरुले गर्न थालेका छन् ।

यसैविच उनको मृत्यु भएपछि मृतकका भाई प्रेम वहादुर कुँवरले अस्पतालको लापरवाहीले आफ्नो दाजुको निधन भएको दावी गर्दै, कोरोना पोजेटिभ देखिएको मान्छेलाई ढाड वाट पानी निकालेपछि अवस्था गम्भिर भएको र विहोस अवस्थामा नै दाजुको मृत्यु भएको भन्दै शव नवुझ्ने वताए ।  तर शुक्रवार (हिजो) नेपाली सेनाको टोली परिचालन गरी शव उठाएर बुटवलको एक जंगलमा गाडिएको खवर रुपन्देहीका प्रहरी प्रमुख हेम कुमार थापाले जनाकारी दिए ।

यस्तै कोरोना भाइरस संक्रमितको मृत्यु भएमा डब्लुएचओले निर्धारण गरेको प्रोटोगलका आधारमा नेपाल सरकारले पनि प्रोटोगल बनाएको र सोही अनुसार अन्त्येष्टि नगरी जंगलमा गाडिनुले विधि, संस्कारको उपहास भएको भनी सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ