arrow

प्रदेश दुईले किन्यो २ वटा पिसिआर मेसिन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ १० शनिबार
pcr.PNG

जनकपुरधाम।  कोरोना माहामारी रोकथाम , नियन्त्रणका लागि प्रदेश नम्बर दुई सरकारले जनकपुर र राजविराजको लागि २ वटा पिसिआर मेसिन खरिद गरेर ल्याएको छ ।  मन्त्रीपरिषदले जनकपुर , विरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरे अनुरुप जनकपुर र राजविराजको लागि आरटि पिसिआर मेसिन खरिद गरेर ल्याएको हो । 

 जनकपुर स्थित पशुरोग अन्वेशन प्रयोगशालामा आरटि पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याव संचालन सोमबार देखि गरिने जानकारी दिए । दुबै ठाँउको लागि मेसिन ल्याई जडानको काम समेत शुरु भइसकेको अगामी सोमवारदेखि दुबै आरटि पिसिआर मेसिन संचालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले बताए ।

 सो मेसिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले बताए । विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पिसिआर जडान भई यस अघि नै संचालनमा आइसकेको छ ।

त्यसै गरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र विरगंज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरिएको छ ।
 
प्रदेश सरकारले नेपाली सेनाद्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ।

त्यसै गरि विरगंजमा विदेशबाट आउने नागरिक लाई राख्न ५ सय बेडको होल्डिङ्ग क्वारेन्टाइन समेत नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश दुई सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइ रहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखी संचालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ