arrow

युरोकप छनोट : आयरल्याण्ड छानियो

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1572129896.jpeg
एजेन्सी । आयरल्याण्ड आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपका लागि छनोट भएको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको दोस्रो लेगको प्ले अफ खेलमा बोस्निया हर्जगोभिनालाई २–० ले हराउँदै आयरल्याण्डले युरोकप च्याम्पियनसिपमा स्थान पक्का गरेको हो । 
 
आयरल्याण्डलाई विजयी गराउन जोनाथन वाल्टर्सले निर्णायक दुई गोल गरे । उनले खेलको २४औं मिनेटमा पाएको पेनाल्टी सुदुपयोग गर्दै पहिलो गोल गरे भने दोसं्रो हाफ पछि ७०औं मिनेटमा दोस्रो गोल गरे । 
 
यसअघि भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । आयरल्याण्डले समग्रमा खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो । यस्तै, युरोकप छनोटका अन्तिम प्ले अफ खेलहरुमा मंगलबार राति डेनमार्क र स्वीडेन तथा युक्रेन र स्लोभेनिया भिड्दै छन् । यी खेलपछि युरोकप फुटबलमा सहभागी हुने सबै २४ राष्ट्रको टुंगो लाग्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ