arrow

नेशनल अस्पतालमा निधन भएका विरामीको अन्तिम संस्कार गरेको ७ दिनपछि आयो रिपोर्ट, देखियो कोरोना

विश्व स्वास्थ्य संगठनको प्रोटोकल भंग गर्यो नेशनल अस्पताल बिरगंजले, स्वाबको रिपोर्ट नआइ अन्तिम संस्कार गर्न दिदा बढ्यो खतरा

logo
दिपेन्द्र चौहान,  
प्रकाशित २०७७ जेठ १२ सोमबार
national-medical-college-su.gif

पर्सा। नेशनल मेडिकल कलेज तथा अस्पतालमा निधन भएका बारा करैया गाउँपालिका वडा नं ७का विरामीको विरामीको अन्तिम संस्कार गरेको ६ दिनपछि देखियो कोरोना पोजेटीभ भएको रिपोर्ट आएको छ। यद्यपी यो जानकारी स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा नगराएपनि प्रसासन भने मृतकको परिवारदेखि अस्पताल सबैको कन्ट्याक्ट ट्रेसिङको गृहकार्यमा लागेको छ। 

जनस्वास्थ्य कार्यालयको रिटायर्ड कर्मचारी समेत रहेका चौधरी थरका ७० बर्षिय वृद्ध जेठ २ गते अस्पताल भर्ना गरिएका थिए।   उनको जेठ ४ गते नेशनल अस्पतालमा उपचारका क्रममा निधन भयो। जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो। परिवारले पनि शव पाएसँगै आफ्नो परम्परा अनुसार अन्त्येष्टी गरेको छ। 

जेठ २ गते १ वजे उपचारमा ल्याउने वित्तीकै भेन्टिलेटरमा राखेर ति बृद्धको उपचार शुरु गरिएको थियो। डाक्टर समेत रहेकी अस्पतालका संचालक मोहम्मद बसरुद्धिन अन्सारीको छोरीले ति बृद्धलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेकी थिइन। क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो पटक निमोनिया पनि थियो।

आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघी उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो। तर स्वाबको रिपोर्ट आउनुअघी नै ४ गते साँढे १२ वजेतिर ति बृद्धको मृत्यु भयो। 

स्वाब संकलन गरेर रिपोर्टका लागि पठाएका व्यक्तिको रिपोर्ट आउने बेलासम्म कुर्ने धैर्यता नेशनल अस्पतालले राखेन। मृतकका छोरा मुनिन्द्र चौधरीले अस्पतालले बुबाको शब दिएपछि अन्तिम संस्कार गरेको बताए। अस्पतालले भनजेको भए कुर्नु हुन्थ्यो। 

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले नेशनल अस्पतालको गतिविधी शंकास्पद देखिएको बताए। अस्पतालकै अस्थायी कोभिड अस्पतालको ल्याबमा कोरोना परिक्षण हुँदै आएको छ। 

स्वाब संकलन गरिसकेको व्यक्तिको निधन भएपनि त्यसको रिपोर्ट नआएसम्म अन्तिम संस्कारका लागि मृतकका आफन्तलाई दिन पाइदैन। विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलले पनि त्यहि बताउँछ।  

डा उपाध्याय भन्छन नेशनल अस्पतालले प्रोटोकल फलो गरेको कतै पनि नदेखिएको बताउँछन्। तर पछि उपचारमा संलग्न डाक्टर आइसोलेसनमा रहेको र आइसीयूमा ३ दिन बन्द गरिएको सूचना दिइएका कुराहरुमा कतैपनि संगति देखिदैन उपाध्यायले बताए।

अस्पतालले विश्व स्वास्थ्य संगठनको प्रोटोकल कतै पनि पालना नगरि लापरवाही गरेको देखिएको समेत उनले बताए। 

पर्सा क्षेत्र नं१ का सांसद प्रदिप यादवले नेशनल अस्पताललाई तत्काल सिल गरि सूचना लुकाउने र विश्व स्वास्थ्य संगठनको प्रोटोकल पालना नगर्ने अस्पताल प्रसासनलाई कार्वाही गर्न माग गरेका छन्। उनले तत्काल सबैको कन्ट्याक्ट ट्रेसिङको माग समेत गरेका छन्। 

मृतकको स्वाबमा कोरोना पोजेटीभ पाइए लगत्तै जिल्ला विपद व्यवस्थापनको वैठक बसी नेशनल अस्पताल सिल गर्ने सम्मको तयारी गरेको छ भने अन्य कन्ट्याक्ट ट्रेसिङको पनि काम गर्ने तयारी शुरु गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ