arrow

लकडाउनको समयमा पनि महिला वेचविखन जारीः सुजाता कोइराला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १२ सोमबार
sujata-koirala.jpg

काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले लकडाउन गरेको यो अवधिमा पनि महिला वेचविखनका घटना नरोकिएको बताएकी छिन्। महिला अधिकारकर्मीहरुको एक डिजीटल संवाद कार्यक्रममा कोइरालाले लकडाउनको यो समयमा पनि महिलाहरुलाई जवर्जस्ती वेश्यावृतीमा धकेल्ने गरि वेचविखन भइरहेको बताइन। 

महिला वेचविखन बिरुद्ध काम गर्दै आएको संस्था माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँगको संवाद उदृत गर्दै सुजाताले भनिन अहिले पनि महिला वेचविखनको घटना विभिन्न स्वरुपमा भइरहेको बताइन।नाकाहरुबाट नभई विभिन्न बाटो अपनाएर वेचविखनका लागि महिलाहरुको ओसारपसार भइरहेको कोइरालाले बताइन। महिला मात्र नभइ मानव तस्करी र ओसारपसार भइरहेको डरलाग्दो खुलासा समेत उनले गरिन।

इन्टरपोलले लकडाउनको बेलामा लागू औषध तस्करी मानव वेचविखनका कार्य  हुन सक्ने भन्दै सबै देशका प्रहरी संयन्त्रलाई सतर्क गराएको छ। तर देशको प्रहरी प्रसासन कोरोना लडाइको अग्रमोर्चामा खटिनुपर्दा कम ध्यान पुगेको मौकामा यस किसिसमका अवैध कार्य पनि समानान्तर रुपमा चलिरहेको छ। कोइरालाले कोइरालाले यस्तो आपराधिक कार्यलाई रोक्न सरकारले सक्रियता देखाउनु पर्ने बताइन। 

लकडाउनको बेलामा महिला हिंसाको घटना पनि व्यापक भएको कोइरालाको चिन्ता थियो। महिलाहरुको उपस्थिति राजनीतिदेखि समाजका विभिन्न क्षेत्रमा बढेपनि किन महिलाको स्थिति सुध्रिन नसकेको होला उनले प्रश्न समेत गरिन।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ