arrow

नेपालमा कोरोना संक्रमित कति पुगे ? निको हुने ११२ 

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
corona-nepal-health.jpg

काठमाडौं । नेपालमा कारोना भाइरस संक्रमितको संख्या ६८२ पुगेको छ । सोमबार एकैदिन ७९ जना नयाँ संक्रमित थपिएपछि यो संख्या पुगेको हो । 

अहिलेसम्म ४ जनाको ज्यान गइसकेको छ । सोमबार मात्र एक जना थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

ती व्यक्ति क्षयरोग र श्वासप्रश्वासको समस्याबाट समेत पीडित भएको उनले बताए । 

मन्त्रालयले ११२ जनालाई निको भएको जनाएको छ । सोमबार २५ जना डिस्चार्ज भएका थिए । 

अहिलेसम्म ४३ जिल्लामा संक्रमित भइसकेका छन् । सबैभन्दा बढी बाँकेमा १४६ जना संक्रमित भएका छन् । 

त्यस्तै कपिलवस्तुमा ८३ जना संक्रमित भएका छन् । पर्सामा ९५ तथा रौतहटमा ४७ जना संक्रमित छन् । रुपन्देहीमा ४२ पुगेका छन् । झापामा ३५ पुगेका छन् ।

तीव्र गतिमा बढिरहेको कोरोनाको परीक्षण अझै ब्यापक हुन नसकेको गुनासो आइरहेको छ । माघदेखि अहिलेसम्म मात्रै ५१ हजार ६४२ वटा पीसीआर परीक्षण भएको छ । 

जबकि भारतबाट मात्रै एक लाखको हाराहारीमा नेपाल छिरेको अनुमान छ । त्यस्तै अन्य देशबाट पनि थुप्रै नेपालमा आएका थिए । 

आरडीटी भने ९५ हजार १९२ वटा भएका छन् । 

क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि दिनानुदिन बढ्दो छ । हाल ४६ हजार २९ जना क्वारेन्टाइनमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ