arrow

२६ वर्षीया महिलाको क्वारेन्टाइनमा निधन

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
woman-dead-body.jpg

झिमरुक । प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको मंगलबार मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए ।

 महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही  जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए । 

परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने  छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ