arrow

टिपर आतंक : रेलिङ भाँच्दै दुई टिपरले लिए ड्युटीमा खटिएका 'सई' को ज्यान

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
nepal-police.jpeg

भक्तपुर । गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षक 'सई' को मृत्यु भएको छ । 

मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत प्रहरी नायब निरीक्षक ४५ वर्षीय निमबहादुर घर्तीको मंगलबार बिहान मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

राति काठमाडौँबाट तीव्रगतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नंको खाली टिपर र सोही टिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नंको टिपरले थिमिचोकमा सडकको रेलिङ भाँच्दै ड्युटीमा खटिएका दाङ रामपुर स्थायी घर भएका प्रनानि घर्तीमगरलाई ठक्कर दिएको उनले जानकारी दिए ।
 
टिपरको ठक्करबाट गम्भीर घाइते घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो ।ठक्कर दिएर फरार भएका टिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई कौशलटारबाट र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई सल्लाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ गिरीले जानकारी दिए । 

अनुसन्धानमा टिपर चालक सैंजूले मादक पदार्थ सेवन गरेको र दुवै चालकको लापरवाहीका कारण दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ