arrow

क्षमता भन्दा बढि मान्छे भएपछि स्थानीय तहलाई व्यवस्थापनमा गाह्रो

logo
टेकराज अवस्थी
प्रकाशित २०७७ जेठ १३ मंगलबार
Quarantine-dadeldhura.jpg

डडेल्धुरा। जिल्लामा व्यवस्था गरिएको भन्दा बढि व्यक्तिहरु हुँदा व्यवस्थापन चुनौतिपूर्ण भएको छ । डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको डडेलधुरा बहुमुखि क्याम्पसमा करिब ५० जनाको क्षमता रहे पनि सोमवार सम्म ७६ जना क्वारेन्टाईनमा राखिईसकेकोले उनिहरुको खाना र बस्ने ब्यवस्था मिलाउन स्थानीय तहलाई गाह्रो भएको हो ।

भारतमा मजदुरी गर्न गएकाहरु कोरोनाका कारण लकडाउन भए पछि घर पर्केका नेपालीहरु मध्ये सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा जाने क्रममा डडेल्धुरा पुगेका महिला तथा पुरुषहरुका लागि  आँकलन भन्दा बढि नागरिकहरु भित्रिएकाले समस्या भएको जनप्रतिनिधि बताउँछन ।

डडेल्धुराका सात वटै स्थानीय तहमा घर भई आएका नागरिकहरुलाई स्थानीय तहहरुले क्वारेन्टाईनमा रहेका र राती अबेर पुगेकालाई उद्धार गरेर सम्बन्धित स्थानमा लैजाने क्रममा रोकिदा पर्याप्त पानीको अभाव लगायत खान र बस्न अफठ्यारो भएको छ ।

सदरमुकामको महेन्द्र नमूना उच्च मावि, डडेलधुरा बहुमुखि क्याम्पस, बैजनाथ मावि, सहश्रलिङ्ग मावि लाई क्वारेन्टाईन बनाई नागरिकलाई राखिएको छ भने सबै स्थानका क्वारेन्टाईनमा क्षमता भन्दा बढि रहेका छन् ।

यसैबिच सोमवार बिहान पुगेका महिला पुरुषलाई डडेल्धुरा बहुमुखि क्याम्पस डडेल्धुरामै पुगेर नेपाली काँग्रेस डडेल्धुराले सञ्चालन गरेको एनडिप्रकाश चटौत आपतकालिन भोजन चुल्हो मार्फत क्वारेन्टाईनमा रहेका करिब ७८ जनालाई खाना पनि खुवाईएको छ ।

बिश्वभरी फैलिएको कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउनबाट प्रभावित भएर भारतबाट डडेल्धुरा पुगेर क्वारेन्टाईनमा बसेका नागरिकहरूलाई आज पनि नेपाली कांग्रेस डडेल्धुराले निःशुल्क खाना वितरण गरि खुवाएको हो ।

नेपाली कांग्रेस डडेल्धुराले सञ्चालन प्रकाश चटौत आपतकालिन भोजन चुलोले आज (सोमबार) पनि क्वारेन्टाईनमा बसेका ७८ जनालाई खाना खुवाइएको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले जानकारी दिए । उनले भने डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ७८ जना ब्यक्तीहरु लाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले  खाना खुवाइएको हो।

यसैगरी कांग्रेस डडेल्धुराले हिजो पनि डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका ५४ जना र महेन्द्र मा बि खलंगाको क्वारेन्टाईनमा रहेका ३८ जनालाई कांग्रेस डडेल्धुराले गठन गरेको सेवा दलका स्वयंमसेवकले खाना खुवाइएको नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले बताए ।

डडेल्धुरा जिल्लामा अहिले सात स्थानीय तहका १२८५पुरुष र ५९ जना महिला गरि जम्मा १३४४ जना क्वारेन्टाईन र संक्रमित भनिएका एक जना आईसोलेसनमा रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ