arrow

नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सासहितको लोगो राखियो संसद्‍मा

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
nepal-map.jpg

काठमाडौं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को प्रतीकचिह्न  परिवर्तन गरिएको छ । 

लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । 

संघीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले संघीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो । 
 
सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । 

नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची–३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ