arrow

सर्वदलीय वैठकमा कांग्रेसको बटमलाइनः लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग

नेकपाको चाहना सर्वसम्मत, कांग्रेसले भन्यो राष्ट्रिय सहमति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
all-party-meeting-sambidhan.gif

काठमाडौं। संविधान संशोधनका लागि सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसको धारणा समान देखिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर अद्यावधिक गरिएको नक्सालाई संविधानको अनुसूचीमा राख्ने गरि हुन लागेको संविधान संसोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी ओलीले सर्वसम्मत रुपमा पारित गर्ने चाहनामा कांग्रेसले राष्६्रिय सहमतिकव कुरा उठाएको हो। 

प्रधानमन्त्रीले सर्वसम्मत संविधान संसोधन गर्ने चाहनालाई सहभागि कांग्रेसका नेताहरुले राष्ट्रिय सहमतिका साथ संविधान संसोधन गर्नुपर्ने बताएका थिए। वैठकमै सहभागि जनता समाजवादीका नेताहरुले पनि विगतमा पटक पटक सरकारसँग भएको सहमतिलाई ध्यान दिदै संविधान संसोधनको यो मेलोमा आफूहरुका मुद्धालाई समेटेर सर्वसम्मतीमै संसोधन गर्नुपर्ने बताएको थियो। 

संसदमा दर्ता भएको संविधान संसोधनको प्रस्तावलाई सर्वसम्मतीबाट यहि अधिवेशनबाट पारित गर्न आफूले चाहेको प्रधानमन्त्री ओलीले सर्वदलीय वैठकमा राखेका थिए। भारतसँगको सम्वन्धमा केहि तिक्तता रहेपनि छिट्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद समेत गरि राजनीतिक र कुटनीतिक तहबाट सीमा समस्या समाधान गर्ने उनले वैठकमा विश्वास दिलाउने प्रयास गरेका थिए। 

आफ्नो भनाई राखेपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेर बहादुर देउवातर्फ हेर्दै आफ्नो पार्टीको धारणा राख्न भनेका थिए। सभापति देउवाले आफूले कुरा नराखि पार्टीको तर्फबाट नेता कृष्ण प्रसाद सिटौलाले कुरा राख्ने बताएका थिए। कांग्रेसबाट वैठकमा सभापति देउवा, नेता सिटौलाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधी सहभागि थिए। 

सभापति देउवाले पार्टीको धारणा राख्न जिम्मा लगाएपनि सिटौलाले वैठकमा सहभागि अन्य पूर्व प्रधानमन्त्रीहरुलाई देखाएर धारणा राख्न अनुरोध गरेका थिए। वालुवाटार स्रोतका अनुसार सिटौलाको आग्रहपछि पनि कसैले बोल्ने नचाहेपछि सिटौलाले बोल्न शुरु गरेका थिए। 
 
कांग्रेस नेता सिटौलाले केहि दिन अघी भएको नेपाली कांग्रेसका पदाधिकारीहरुको वैठकको निर्णय स्मरण गराएका थिए। महाकाली पूर्वको भूभाग नेपालको हो भन्ने कुरा कांग्रेस पदाधिकारीहरुको वैठकले दोहोर्‍याएका स्मरण गराउँदै सिटौलाले आफ्नो भूमीमा हकभोग कायम गर्न भारतसँग उच्चस्तरीय कुटनीतिक वार्ता गर्नुपर्ने बताएका थिए।  

संविधान संसोधनको विषयमा कांग्रेस केन्द्रीय समितिबाट निर्णय गर्ने पदाधिकारी वैठकको निर्णय अनुसार आफूहरु छिट्टै केन्द्रीय समितिको वैठकको तयारीमा रहेको सिटौलाले बताएको वालुवाटार स्रोतले बतायो। संविधान संसोधनका लागि केन्द्रीय समितिबाट निर्णय गरिने समेत उनले सुनाएका थिए। 

सिटौलाको कुरामा सहि थाप्दै सभापति देउवाले आफूलाई केन्द्रीय समितिको वैठक राख्न केहि समय चाहिने भन्दै केन्द्रीय समितिबाटै निर्णय गर्ने बताएका थिए। 

कांग्रेसका तर्फबाट थप कुरा राख्दै सिटौलाले संविधानको कमा वा पूर्णविराम नै संसोधन गर्दा पनि पहिला संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीचमा छलफल गरेर मात्र संसदमा लैजानु पर्ने अभ्यास गर्न सुझाव दिएका थिए। संविधान सर्वसम्मतबाट संसोधन गर्न चाहने प्रधानमन्त्रीको प्रस्ताव खुसीको बिषय भएको जनाउँदै सिटौलाले राष्ट्रिय सहमति कायम गरेर संविधान संसोधन गर्नुपर्ने बताएको वैठकमा सहभागी स्रोतले बतायो। वैठकमा सिटौलाले भने, “लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग नेपालको हो कुरा कांग्रेसको बटमलाइन हो। कांग्रेस देशको भौगोलिक अखण्डताको पक्षमा छ। "

कांग्रेसको वैठक चाडो गरेर संसदको यहि अधिवेशनबाटै संविधान संसोधन टुंगोमा पुर्‍याउन आफूले चाहेको ओलीले भनेका थिए। 

कांग्रेस नेता पछि जनता समाजवादीका नेता शरदसिंह भण्डारीले आफ्नो कुरा राखेका थिए। भण्डारीले राष्ट्रिय सहमतिबाटै संविधान संसोधन हुनुपर्ने पक्षमा कुरा राख्दै विगतका सरकारहरुसँग भएका सहमतिलाई पनि ध्यान दिएर आफूहरुका एजेण्डालाई पनि यहि मौकामा संविधान संसोधनमा समेट्न आग्रह गरेका थिए। बाबुराम भट्टराईदेखि उपेन्द्र यादव हुँदै महन्थ ठाकुरसम्मले तराई मधेश लगायतका अन्य मुद्धाहरुलाई यहि मौकामा समेटी सर्वसम्मतिबाटै संविधान संसोधन गर्नुपर्ने बताएका थिए। 

जनता समाजवादीका नेताहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओलीमा केहि अहंकारको भावमा पेश भएको स्रोतले बतायो। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग चाँडै कुराकानी हुने बताउँदै मोदीजी केहि काममा फसेकाले केहि दिन अघी हुने भनिएको वार्ता हुन नसकेपनि केहि दिनपछि वार्ता गरि समस्या समाधानका लागि उच्चस्तरीय पहल गर्ने बताए। उनले भनेका थिए, “छिट्टै कुरा हुन्छ। तपाइहरु ढुक्क हुनुहोस । " 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ