arrow

सिरियाको उत्तरपश्चिमी भूभागमा छ जना अतिवादी मारिए

logo
एएफपी,
प्रकाशित २०७७ जेठ १४ बुधबार
syria-map.gif.gif

बेरुत। सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बुधबार भएको विस्फोटमा परी छ जना अतिवादी मारिएका छन्। ती अतिवादीहरु सिरियाका नभएर बाहिरका भएको बताइएको छ । अतिवादीहरुका हतियार राख्ने स्थानमा सो विस्फोट भएको बताइएको छ।

सो स्थानमा केही दिन यतादेखि रुसी युद्धक विमानहरु उड्ने गरेको थियो । तर बुधबारको विस्फोटमा उक्त विमानको हात छ या छैन भन्ने विषयमा भने केही बताइएको छैन । सिरियाको अवस्थाको बारेमा अध्ययन गरिरहेको बेलायत कार्यालय रहेको एक मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त हमलामा रुसी विमानको हात थियो या थिएन भन्ने कुरा पत्ता नलागेको बताएको छ।

ती अतिवादीहरु टर्किस् इस्लामिक पार्टीआबद्ध रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाली अधिकारीहरुले त्यो हतियार भण्डारण गरिएको स्थानभित्रै भएको विस्फोटका कारणले उनीहरुको निधन भएको हो या अरु कसैको हात छ भन्ने बारेमा बुझ्न नसकिएको बताएका छन् ।

उक्त विस्फोटन भएको स्थल सिरियाको इद्लिब प्रान्तमा पर्दछ । इद्लिब प्रान्तमा गएको मार्च महिनामा युद्ध विराम भएको भनिएको छ । तर पनि त्यहाँ आक्रमणका घटना भने रोकिएको छैन । करिब ३० लाख नागरिकको बसोबास रहेको उक्त प्रान्तमा पछिल्लो समय कोरोना भाइरसको प्रकोपका कारण आक्रमणका घटनामा केही कमी आएको बताइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ