arrow

यस्तो पनि : आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
141321701.jpeg
गौशाला । परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै आफ्नै आमाको हत्या गरेको आरोपमा महोत्तरीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस–६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 
 
युवक महराले मेघनाथ गोरहन्ना गाविस–७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।  
 
सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ । 
 
गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ