arrow

बाँकेका थप ३ जना डिस्चार्ज

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
banke-camp.jpg

नेपालगन्ज । बाँकेका थप ३ जना शुक्रबार कोरोनामुक्त भएर घर फर्किएका छन् । दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत नरैनापुर गाउँपालिकाका ३ जना निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

वडा नम्बर १ का १८ वर्षीय पुरुष, वडा नम्बर ३ का २५ वर्षीय पुरुष र वडा नम्बर ५ का २० वर्षीय पुरुष शुक्रबार कोरोनामुक्त भएर घर फर्केको श्रेष्ठले जानकारी दिए । उनीहरुलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो । 

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगन्जको वडा नम्बर ७ का एक जना र वडा नम्बर ८ का २३ गरी २४ जना निको भएर घर फर्केका थिए । अब बाँकेका १ सय ४३ जना कोरोना संक्रमित उपचाररत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ