arrow

आफ्नै खर्चमा अक्षयले फ्यानलाई बोलाए मुम्बइ, मृत्युपछि रोकिएन आशु

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
akshaya-crying.jpg

काठमाडौं ।  बलिउड अभिनेता अक्षयकुमार भारतीय बक्स अफिसमा उनी वर्षमा ४-५ फिल्ममा काम गर्ने एकमात्र अभिनेता हुन् । उनी आफ्नो परफेक्ट समयको व्यवस्थापनको माध्यमबाट यस्तो गर्न सफल भइरहेका छन् ।  अक्षय कुमारको फ्यान फलोइंग पनि राम्रो छ । उनलाई बच्चाहरूदेखि बुढेपाकासम्म सबैलाई मन पराउछन् केही उनको सुपरहिट एक्शन, फिटनेसको कारण र केही आफ्नो सामाजिक सरोकारका कारण।

कहिलेकाँही तिनै  प्रशंसकहरूको ईच्छा पूरा गर्न पनि उनि अघि आउँछन्। उनका जयपुरमा त्यस्तै एक प्रशंसक थिए जसको मृत्युको खबर सुनेपछि अक्षय धेरै रोए।

अक्षयका ती फ्यानको नाम मुदित थियो, जो जयपुरको भाटिया परिवारमा जन्मेका थिए। मुदितलाई मांसपेशी डिस्ट्रॉफी रोग थियो, जसको सिकार भएको मानिस कम्तिमा १८ वर्षसम्म बाँच्न सक्छ। ती बालक अक्षयको ठूलो प्रशंसक थियो।

२००८ मा  अक्षयको फिल्म हेरेपछि उनले सुपरस्टारलाई भेट्ने निर्णय गरे। तर मध्यमवर्गीय परिवार भएको कारण, अभिभावकहरू सामु अक्षयसम्म कसरी पुग्ने भन्ने प्रमुख समस्या थियो। यो सघर्ष ६ बर्षसम्म चल्यो र त्यसपछि कुरा मेक ए विश नामक संस्थामा पुग्यो, जसबाट मुदितको कुरा अक्षयसम्म पुग्यो।

जब यो कुरा अक्षय कुमारसम्म पुग्यो तब उनले मुदित र उनको परिवारलाई उनको खर्चमा मुम्बई बोलाए। मुदितको जन्मदिन त्यहाँ मनाइएको थियो र सुपरस्टारले उनिहरुसँग तीन घण्टा बिताएका थिए । बालक मुदितको कुरा सुनेपछि अक्षय विश्वस्त भए र जब उनी जयपुर गए, उनले मुदितलाई भेट्न थाले।

सन् २०१७ को अन्तिम महिनाहरूमा मुदितको अवस्था बिग्रिएपछि उनकी आमाले अक्षयलाई बताइन्। तब अक्षयले प्राय फोनमा मुदितसँग कुरा गरे र उनलाई प्रोत्साहित गर्न थाले। उनले मुद्दितलाई फिल्म 'जली एलएलबी २' को प्रमोशनका लागि जयपुर आउने र उनीसँग भेट गर्ने पनि आश्वासन दिएका थिए।

मुदित यो सुनेर एकदम खुशी भए । तर अक्षयले उनलाई जयपुरमा भेट्नु भन्दा पहिले नै उनको मृत्यु भयो। यो खबर सुनेपछि अक्षय कुमार धेरै रोए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ