arrow

सिन्धुपाल्चोकका प्रेस युनियनका सवै सदस्यको कोरोना बीमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
press_union.png.png

सिन्धुपाल्चोक। नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सवै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ। शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको बीमा गरिएको हो।

पिसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।

संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको उनले बताइन् ।

काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आआफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको जानकारी पनि आचार्यले दिइन् ।

शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ । आचार्यले भनिन्, ‘अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंतीमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ