arrow

ढोका नभएको शौचालयले क्वारेन्टाईननै दुर्गन्धित, पत्रकारलाई जानकारी दिएको भन्दै कोहलपुरका वडाध्यक्ष आक्रोशित

क्वारेन्टाईन अस्तव्यस्त

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ १७ शनिबार
quarentain-banke-kohalpur.gif

रुपन्देही । वाँकेको कोहलपुरमा निर्माण गरिएको एक क्वारेन्टाईनमा स्वास्थ्य मन्त्रालयले जारी गरेको सामान्य मापदण्ड पनि अवलम्वन नगरेको गुनासो नगरपालिकामा भन्दा सुनुवाई नभएपछि पत्रकारलाई जानकारी गराउँदा उल्टै जनप्रतिनिधिले आक्रोस पोखेको क्वारेन्टाईनमा वसेका एक व्यक्तिले बताएका छन् ।

कोहलपुरस्थित त्रिभुवन माध्यामिक बिद्यालयको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा बसिरहेका ब्यक्तिले सामान्य सुबिधा समेत नपाएको गुनासो गरेका छन् । बाँकेमा रहेका ८ वटा स्थानीय तहहरुले भारतबाट स्वदेश फर्केका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्दै आएका छन् । 

क्वारेन्टाईन व्यवस्थापनका लागि अन्य विभिन्न स्थानीय तहहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पुरा गरेका छन् । कसैले फरक सुबिधा दिदै आएका छन् भने कतिपय स्थानिय तहले क्वारेन्टाईनमा न्युनतम सुबिधा पनि दिएका छैनन। यस वारेमा सोधपुछ गर्दा कुनै सुनुवाई नगरेको र उक्त वारेमा हाम्रा कुरालाई जानकारी गराउँदा उल्टो कोहलपुर नगरपालिका वडा नं १० का वडाध्यक्षले पत्रकारलाई किन जानकारी गराएको भनी आक्रोस पोखेको हुन् ।

हाल सो क्वारेन्टाईनमा १८ जना ब्यक्तिहरु बस्दै आएका छन् । बिगत चार दिनदेखी क्वारेन्टाईनमा बस्दै आएका उनीहरुले गर्मी मौसममा पर्याप्त मात्रामा पंखा नभएको, शौचालयको ढोका नभएको र फोहोरका कारण गन्ध सहन वाध्य भएको, खानेपानी सुबिधा नभएको, खाना र नास्ता घरबाटै ल्याएर खाने गरेको जस्ता गुनासो पोखेका हुन् । 

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आफुहरुको क्षमताले भ्याएसम्म क्वारेन्टाईन निर्माण गरी ब्यवस्थापन गरिएको दावी गर्छन् । उनका अनुसार कोहलपुर नगरपालिकामा १४ वटा क्वारेन्टाईन रहेको वताउँदै, ‘हामीले प्रत्येक क्वारेन्टिनमा एउटा म्याट र झुलको ब्यवस्था गरिदिएका छौं,’ उनले भने ‘क्वारेन्टाईनमा वसेकाहरु स्थानिय बासिन्दा भएकाले घरबाट ल्याएको खाना खाने निर्णय गरेको वताए।' 

तर क्वारेन्टाईनमा वसेकाहरुले भने जिल्लाका अन्य कतिपय स्थानीय तहले सरकारको नियम अनुसार बस्ने र खाने सुबिधा दिइरहेको जनाउँदै, घर परिवारका सदस्यले खाना ल्याउँदा छिमेकीहरुले मुख वारेको दुखेसो पोखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ