arrow

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६  हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

logo
एएफपी,
प्रकाशित २०७७ जेठ १७ शनिबार
corona-worldwide.jpg

जेनेभा स्वट्जरल्याण्ड। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ भने, संक्रमितको संख्या ६० लाख ३५ हजार  ३५३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ। नेपाली समयानुसार शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख ६२ हजार २९९ जना निको भएका छन्। विश्वभरीमा ३० लाख ६ हजार १२६ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन्।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ९३ हजार ५३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख ४ हजार ५४२ व्यक्तिको मृत्यु भएको छ।

दक्षिणमा अमेरिकामा ८ लाख ३९८  जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ३८ हजार १८५ को मृत्यु भएको छ। युरोपमा १९ लाख ८७ हजार ३४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७२ हजार ५५९ को मृत्यु भएको छ।

एसियामा १० लाख ८४ हजार ८०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने,  २९ हजार ७५२ जनाको मृत्यु भएको छ। अफ्रिकामा १ लाख ३७ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ३ हजार ९४५ जनाको मृत्यु भएको छ।

ओसियानामा ८ हजार ७९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ