arrow

पर्यटन व्यवसायी मायाप्रकाश भट्टद्वारा कृतज्ञता ज्ञापन

logo
प्रकाशित २०७७ जेठ १७ शनिबार
hansha-devi-bhatta.jpg

कैलाली। पर्यटन व्यवसायी मायाप्रकाश भट्टले स्वर्गीय आमा हंसादेवी भट्टप्रति श्रद्धाञ्जली दिदै समस्त भट्ट परिवारमा समवेदना दिने सबै बन्धुवान्धव, आफन्त, कुलकुटुम्ब, व्यवसायी, शुभेच्छुकहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स सुदुरपश्चिम प्रदेश संघका अध्यक्ष तथा जगदम्बा टुर्स एण्ड ट्राभल्सका प्रबन्धक निर्देशक माया प्रकाश भट्टको ममतामयी आमा हंसादेबी भट्टको २०७७ जेष्ठ ४ गते ९७ बर्षको उमेरमा स्वर्गारोहण भएको थियो।

व्यवसायी भट्टले आमाको १५ औं दिनको पुण्य तिथिको अवसरमा सम्पूर्ण भट्ट परिवारको तर्फबाट आमाको वैकुण्ठबासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ