arrow

फ्रन्टलाइनमा काम गर्ने ३३ जना पत्रकारहरुको कोरोना बिमा

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
101528559_793109031216648_4.jpg

धनकुटा । धनकुटामा फ्रन्टलाइनमा काम गर्ने ३३ जना पत्रकारहरुको कोरोना बिमा भएको छ । नेपाल पत्रकार महासंंघ धनकुटा शाखाको अनुरोधमा जीवनलाई नै अत्यन्त जोखिममा राखेर फ्रन्टलाइनमा काम गरिरहेका धनकुटाका ३३ जना पत्रकारहरुको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एन एल जी इन्स्योरेन्स कम्पनीमा कोरना बिमा गरिदिएको उक्त सहकारी संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं ३ का निर्वाचित वडाध्यक्ष विकास घिमिरेले बताए ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, प्रदेश सदस्य सन्तोष रुचाल,शाखा सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, फोनिजका अध्यक्ष सन्तवीर लामा ,पत्रकारहरु पूर्ण चौधरी, सरिता राई, ईश्वर थापा लगायतका संचारकर्मीहरुको उपस्थितमा सहकारी संस्थाका अध्यक्ष विकास घिमिरे कोषाध्यक्ष मञ्जु आर्चाय र एन एल ली इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका प्रुमख सन्तोष राईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईलाई कोरोना बिमाको बिमित फाइल हस्तान्तरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, प्रदेश सदस्य सन्तोष रुचाल, शाखा सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, फोनिजका अध्यक्ष सन्तवीर लामा उपस्थित धनकुटाका संचारकर्मीहरुले पत्रकारहरुको कोरोना बिमा गरि संकटमा सहयोगगरिदिएकोमा जन ज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटालाई धन्यवाद दिएका थिए । 

सहकारीका अध्यक्ष विकास घिमिरेले सहकारी संस्थाले धनकुटाका संचारकर्मीलाई सहयोग गर्नु पाउँदा अत्यन्तै खुशी भएको बताए । यसभन्दा अघि धनकुटाका संचारकर्मीहरु र मिडिया हाउसहरुलाई धनकुटा उद्योग बाणिज्य संघले स्वास्थ्य तथा सुरक्षित समग्रीहरु प्रदान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ