arrow

नगरबाट मासिक हजारौं बुझ्ने मानवसेवाको उद्देश्य के ?

तामझाम सहितको सडक आश्रित मानवमुक्त बुटवल शहरको रहरमै प्रश्न

logo
नारायण वली, 
प्रकाशित २०७७ जेठ १८ आइतबार
Untitled-115.jpg

रुपन्देही । प्रदेश–५ को अस्थायी मुकाम बुटवल पछिल्लो बढ्दो शहरीकरणका कारण शहरमा परिणत भएसंगै जनघनत्वको चाप बढ्दै गएको छ । उद्योगधन्दाको विकाससंगै यहाँ काम गर्न छिमेकी पहाडी जिल्लाहरुबाट परिवार लिएर आउने संख्यामा पनि उस्तै छ ।

पछिल्लो समय बुटवलका सडकहरुलाई सानादेखि ठूला मानिसहरुले आफ्नो आवास बनाउन थालेपछि गत वर्ष २०७६ साल पुस ५ गते बुटवल उपमहानगरपालिकाले बुटवललाई तामझामका साथ बेसहारा, अशक्त, असहाय अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवमुक्त ऐतिहासिक घोषणा कार्यक्रमको आयोजना गरी सडक मावन मुक्त घोषणा गर्यो ।

तर बुटवल शहर औपचारिक कार्यक्रममा सडक मानवमुक्त घोषणा गरिए पनि अझैसम्म बेसहारा मावन मुक्त हुन सकेको छैन । विश्वभर कोरोना भाईरस महामारीबाट बच्न सरकारले देशलाई अहिले निरन्तर रुपमा लकडाउन गर्दै आएको अवस्थामा बुटवलका मुख्य सडक पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पुष्पलाल पार्क लगायत ठाउँहरुमा सडक बालकहरुको संख्यामा कुनै कमी आएको छैन ।

सडकमा हिँड्ने मानिसहरुसंग केही पैसा मागेर खाने, कवाड उठाउने, लागुऔषध सेवन गर्ने र चोरी कार्यमा संलग्न हुनु उक्त वालकहरुको वाध्यता जस्तै भएको सो टोलीका एक सन्दिप नेपालीले बताए । साथै उनीहरुको उद्धार गर्ने नाममा विगतदेखि नै बुटवलमा रहेको मानवसेवा आश्रमले घर बहाल अनुरुप बुटवल उपमहानगर वाट मासिक हजारौं रकम बुझ्दै आएको छ । 

आश्रमका केही मानिसहरुलाई राखेको भए पनि आश्रमले सडक बालकहरुलाई राखेको छैन । मानवसेवा आश्रम सेवा बुटवलको जिम्मेवारी, जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा बुटवललाई बेसहारा, अशक्त, असाहय अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवमुक्त ऐतिहासिक कार्यक्रममाथि नै प्रश्न चिन्ह खडा भएको छ । जहाँ अहिले पनि सडक बालकहरु सडकमै पाउन सकिन्छ ।  

पुष्पलाल पार्क नजिकका एक व्यवसायीले भने, ‘तामझाम गरेर अब बुटवलका सडकलाई मावनरही बनाइयो भन्ने खवर सुन्दा खुशी त लाग्यो तर समस्या उस्तै देख्दा घरवहाल स्वरुप मानवसेवा आश्रमले लैजाने हजारौं रकमले विपन्न वर्गहरुलाई रोजगारी दिने खालका कारखाना खोलेमा गरिवीले निम्त्याएको यो समस्या हटेर जाने थियो ।’

तर जुन दृष्य त्यहाँ देखिन्छ त्यसले सम्वन्धित बुटवल उपमहानगरपालिका र मासिक रकम बुझ्ने मावनसेवा आश्रमका प्रमुखलाई गिज्जाउन पुगेको उनले तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ