arrow

सावधानः सलह आउँदै छ !

logo
रोजिना देवकोटा,  
प्रकाशित २०७७ जेठ १८ आइतबार
rojina-devkota.jpg

विश्व नै कोरोना भाइरस जस्तो महामारीको संघर्षमा जूधिरहेको बेलामा कृषकहरुलाई भने यतिबेला रुनु न हाँस्नु भइरहेको छ । फुर्सदको केही समय निकालेर हाँसी ठट्टा गरौं  भनेपनि  यतिबेला बर्खे धान भित्र्याउने  समय भएकोले त्यो पनि मुस्किल नै छ ।                

कोरोना भाइरसले उथलपुथल पारेको  विश्वको अर्थतन्त्रलाई हल्लाउने गरी अर्को चुनौतिको रुपमा प्रवेश गरेको छ  बाली नाली सखाप पार्ने फट्याग्रा जातको सलह किरा । अमेरिकी फौजी किराभन्दा कयौं गुणा बाली बिनाश गर्न सक्ने  सलह सम्भावित नोक्सानीको बिगबिगी बन्दै छ ।                             

अफ्रिकी  महादेशको ९ वटा देशहरुमा तहल्का मचाइरहेको यो किरा पाकिस्तान हुँदै हाम्रो छिमेकी भारतको राजस्थान, मध्य प्रदेश र गुजरात राज्य क्षेत्रमा ५० हजार हेक्टरमा सल्किएको छ  ।        

नेपालमा भने अब यो भित्रिन कति पनि समय लाग्दैन । बालीको सही व्यवस्थापन गर्न नसके  विनाश नजिकै निम्तिदैछ  । 
                         
सलह किरा हो भनेर कसरी चिन्ने ? 
हेर्दा पहेलो  र कालो धब्बा त्यसमाथि सानो सिड हुने र समस्त वनस्पतिहरु छोटो समयमा नै रित्याइदिने जिवको रुपमा लिइन्छ । हुल बनाएर हिँड्ने यस किराले विरुवाको हाँगा एवम् बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्दछ । 
यो एक दिनमा १सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म  पुग्न सक्छ । गुलाबी रङ्गको सलह धेरै उड्ने र खाने गरे पनि फुल भने पार्दैन ।     

हलुका पहेँलो सलहले मरुभूमिजस्तोमा फुल पार्छन् । सलहले एकदिनमा करिब ३५हजार  मानिस  बराबरको खाना खान सक्ने अनुमान गरिएको  छ ।  

दुई तीन साता यता नेपालमा मनसून भित्रिए लगत्तै वातावरणमा आएको   परिवर्तनमा आफ्नो गतिविधि तथा क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न सक्ने तथ्यांक  देखिएको  हुनाले अब गर्ने के ? घरघरमा गएर भन्न सक्ने सिर्जना पनि छैन  तर सचेत  हुनु अत्यन्तै जरुरी छ  । 
                                         
रोकथामको लागि के गर्ने ?

  • सर्वप्रथम , किराको हुल आउन थालेको थाह पाएमा पुर्व तयारी गर्नु पर्छ ।
  • लगाइएको बालीमा सम्भव हुने बालिमा  झूलको प्रयोग गर्न सकिन्छ  । 
  • चर्को र जतिसक्दो ठुलो आवाज आउने वस्तुहरु जस्तै थाल ठटाउने , ड्रम  बजाउने अथवा ठूलो आवाजमा स्पिकर बजाउने ।
  • आगो बालेर ,धूवा गराउने र यसको अण्डालाई खाडल बनाएर पुर्ने ।
  • लसूनको, स्प्रेको गन्धले सलहबाट बच्न मधत गर्दछ । 
  • धानको ब्याड राख्न करिब १ हप्ता ढिला गर्ने ।
  • कृषि  विज्ञहरुका अनुसार एउटा हाँसले प्रत्येक दिन २ सय भन्दा बढी सलह खान सक्ने बताएका छन् ।      
  • नेपाल सरकार, कृषि  अनुसन्धान एवम् विश्वविधालयको सहकार्यमा विज्ञ टिम गठन गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु बनाउनु  पर्दछ । 

अन्ततः भोकमरीसम्म निम्त्याउन सक्ने यो किरालाई समयमा नियन्त्रण गर्न नसके भविष्यमा खाध्य संकट नआउला भन्न सकिन्न । (स्तम्भकार देवकोटा कृषि क्याम्पस गौरादहमा बि। एस। सि। ए। जि।मा अध्ययनरत छिन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ