arrow

ठोरीमा भारतीयको सीमा अतिक्रमणप्रति रमेश रिजालको गम्भीर आपत्ति, सुरक्षाका लागि अपिल

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
ramesh-rijal.gif

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं २ को ठूटेखोलास्थित सीमामा भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा भारतीयहरुले नेपाली भूमिमा गरेको हस्तक्षेप र अनधिकृत उपयोग गर्न खोजेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले एक प्रेस वक्तव्य जारी गरी सो क्षेत्रमा दशकौंदेखि भारतीयहरुले नेपाली भूमिलाई विवादित बनाई विद्युतलाई बिस्तार, पुल निर्माण जस्ता विकासका कार्यहरुमा समेत अवरोध गर्दै सीमा अतिक्रमण गर्ने प्रयासलाई ठोरीवासीले असफल बनाएकोमा आफू गौरवान्वित भएको बताएका छन् । 

वर्तमान समयमा ठोरीस्थित नेपाल भारतको सीमा छुट्याई सीमास्तम्भसमेत कायम भइसकेको अवस्थामा नेपाली भूमिमा आई ठोरीवासीको विकासको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाईसमेत असर पुर्याउने गरी अनधिकृत रुपमा भारतीय सुरक्षाकर्मीहरुले भारतीय नागरिकलाई उक्साई नेपाली भूमिमा कुलो खन्ने कार्य गराएकोप्रति पनि घोर भत्र्सना गरेका छन् । 

नेता रिजालले नेपाल सरकार तथा स्थानिय प्रशासनले नेपाली भूमि सुरक्षाको जिम्मेवारी निर्वाह नगरिरहेको अवस्थामा शालिनतापूर्वक मातृभूमि सुरक्षाका लागि आवाज उठाउँदा नेपाल सरकार तथा स्थानिय प्रशासनले मनोबल गिराउँदै भारतीय पक्षहरुके वकालत गर्ने जस्ता कार्यहरुको समेत घोर निन्दा गरेका छन् । 

भारतीय पक्षको नेपाली भूमिमा रहेको जलश्रोतलाई अतिक्रमण गर्ने ठोरीवासीको भौतिक पुर्वाधार अवरुद्ध बनाउने जस्ता कार्यलाई अबिलम्ब रोकी नेपाली भूमि र आमनागरिकको सुरक्षाको समुचित ब्यवस्था गर्दै विवाद समाधानतर्फ प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयले ठोस कदम चालोस् भनी माग समेत गरेका छन् । 

उनले सीमा अतिक्रमणलाई रोक्न शालिनतापूर्वक विरोध गर्नसमेत ठोसीवासीहरुमा हार्दिक अपिल समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ