arrow

फाष्ट बलर जोनसनले लिए सन्यास

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
865545892.jpeg
सिड्नी । अष्ट्रेलियाका फाष्ट बलर मिचेल जोनसनले अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रतियोगिताबाट सन्यास लिएका छन् । मंगलबा न्यूजिल्याण्डको विरुद्ध चलिरहेको दोस्रो टेष्ट म्याच सकिएपछि जोनसनले सन्यासको घोषणा गर्नेछन् ।

जोनसन अष्ट्रेलियाका चौथो उत्कृष्ठ बलर हुन् । उनले अहिलेसम्म ७३ टेष्ट म्याच खेलेर ३११ विकेट लिएका छन् । टेष्टमा विकेट लिने मामलामा उनी भन्दा अगाडि शेन वार्न(७०८), ग्लेन मैकग्राथ(५६३) र डेनिस लिली (३५५) छन् । टेष्ट विकेट लिने मामलामा सबै टिमको बलर्सको लिष्टमा जोनसन २५ नम्बरमा छन् । उनले १५३ वान डेमा २३९ विकेट लिएका छन् भने टी २० मा ३० म्याच खेलेर ३८ विकेट लिएका छन् ।

‘म महशुस गर्दछु कि यो अलविदा गर्ने सहि समय हो, म भाग्यशाली रहे कि मेरो करियर यति राम्रो भयो, देशका लागि खेल्दा म हरेक पलबाट बाँचे । यो यात्रा निकै रमाइलो रह्यो । तर अब यो यात्रा रोकिने समय आईसकेको छ । यो काम गर्नका लागि मैले वाका(पर्थको क्रिकेट मैदान) चुने, किनकी यो मेरो लागि विशेष मैदान हो,’ ३४ वर्षे जोनसनले भनेका छन्,‘मैले धेरै सोचेर र सम्झेर यो फैसला लिएँ, यो खेलपछि मलाई लाग्दैन कि म बैगी ग्रीन(टीम अष्ट्रेलियाको क्रिकेट क्याप) पहिरिनका लागि त्यो तहको मेहनत गर्न योग्य बनुँ ।’

अक्टोबरमा जोनसनले foxsports.com.au मा लेखेको एक स्तम्भमा सन्यासको संकेत दिएका थिए । उनले इंग्ल्याण्डमा एशेजमा मिलेको हार पछि नै आफुले रिटायरमेण्टको सोच बनाएको बताएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ