arrow

बजारमा पुस्तक पठाएका छैनौ, सीडीसीको स्विकृतीको प्रतिक्षामा छौंः संगम बुक्स

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १८ आइतबार
sangam-books.gif

काठमाडौं। कक्षा १ को थप पाठ्यसामग्रीको रुपमा संगम बुक्सले तयार पारेका केहि नमूना पुस्तकहरु विद्यालयका शिक्षकहरुकहाँ पुगेपनि ति व्यवसायिक प्रयोजनका लागि नभएको प्रष्ट पारेको छ। संगम बुक्सका तर्फबाट प्रबन्ध निर्देशक सहदेव प्रसाद सापकोटाले हाम्राकुरालाई पठाएको पत्रमा पाठ्यक्रमको मर्म र उदेश्य अनुरुप शिक्षण सिकाईलाई थप प्रभावकारी र विद्यार्थी मैत्री बनाउन शिक्षण सिकाइमा सँलग्न शिक्षकको समेत राय सुझाव लिइ परिष्कृत रुपमा पुस्तक विद्यार्थी समक्ष लैजान तयारीका साथ विषयगत शिक्षकलाई निःशुल्क बितरण गरिएको बताएका छन्। 

वितरण गरिएको पुस्तकको पहिलो पृष्ठमा विद्यालयको लागि निशुल्क भनि छपाई समेत गरिएको, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त भनी कहिकतै नलेखिएको र स्वीकृति नै नभएका कारण बिक्री वितरण नभएको संगमले प्रष्टाएको छ। 

सिडीसीबाट जारी गरिएको पाठ्यक्रम, निर्देशिका र निर्देशन बमोजिम तयार पारी संगम बुक्स पब्लिकेशन प्रा.लि. ले कक्षा १ का पुस्तकहरू नेपाली, मेरो सेरोफेरो, गणित र अंग्रेजी विषयका पुस्तकहरू तोकिए बमोजिमको राजस्व बुझाइ सिडीसीमा स्वीकृतीका लागि पेश गरी सके पनि स्वीकृत नभएका कारण मुद्रण र कारोबार समेत अवरुद्ध भएको संगमले जनाएको छ। संगमले हाम्राकुरालाई पठाएको पत्र जस्ताको तस्तैः  

श्रीमान सम्पादकज्यू,
हाम्राकुरा डटकम
कमलपोखरी, काठमाडौ ।

मितिः २०७७ जेष्ठ १८ गते ।

विषयः कक्षा १ को पुस्तक सन्दर्भमा संगम बुक्स पब्लिकेशन प्रा. लि. को अवधारणा,

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७७ देखि लागु
हुने गरी कक्षा १, २ र ३ को एकिकृत पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक यस वर्ष कक्षा १ का लागि तयार गरी देशका प्रमुख व्यवसायिक केन्द्रहरूमा पुगिसकेको सबैलाई अवगत नै छ ।

यसै सन्दर्भमा निजी तथा आवाशिय विद्यालय र केहि सामुदायिक विद्यालयहरुले समेत पठनपाठनमा ल्याउने
निजी प्रकाशन गृहका पुस्तकहरू मध्ये कक्षा १ को एकिकृत पाठ्यक्रम अनुसारको थप पाठ्य सामग्रीको रुपमा सिडीसीबाट स्वीकृत लिई व्यवसायिक हिसाबले लगिसक्नु पर्ने पुस्तक सिडीसीबाट स्वीकृत नभएका कारण मुद्रण र कारोबार समेत अवरुद्ध भएको छ ।

यस्तो पृष्ठभुमिमा सिडीसीबाट जारी गरिएको पाठ्यक्रम, निर्देशिका र निर्देशन बमोजिम तयार पारी संगम बुक्स पब्लिकेशन प्रा.लि. ले कक्षा १ का पुस्तकहरू नेपाली, मेरो सेरोफेरो, गणित र अंग्रेजी विषयका पुस्तकहरू तोकिए बमोजिमको राजस्व बुझाइ सिडीसीमा स्वीकृतीका लागि पेश गरी सकेको छ ।

पाठ्यक्रमको मर्म र उदेश्य अनुरुप शिक्षण सिकाईलाई थप प्रभावकारी र विद्यार्थी मैत्री बनाउन शिक्षण सिकाइमा सँलग्न शिक्षकको समेत राय सुझाव लिइ परिष्कृत रुपमा पुस्तक विद्यार्थी समक्ष लैजान तयारीका साथ विषयगत शिक्षकलाई निःशुल्क बितरण गरि आएका सुझाबहरुलाई पाठ्यक्रममा भएको व्यवस्था सम्मका बिषय समावेश गर्ने गरि केहि प्रति छपाई गरि निशुल्क वितरण गरिएको हो । वितरण गरिएको पुस्तकको पहिलो पृष्ठमा विद्यालयको लागि निशुल्क भनि छपाई समेत गरिएको छ, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त भनी कहिकतै लेखिएको छैन भने स्वीकृति नै नभएका कारण बिक्री वितरण हुने कुरै भएन । यसरी प्रकाशन गृहले पुस्तकलाई अझ परिष्कृत गर्नको लागि गरेको कार्यलाई उत्तरदायित्व वोधको रुपमा लिनु पर्ने हाम्रो बुझाइ हो ।

प्रचलित कानुनको अधिनमा रहि सिडीसीको निर्देशनको पुर्ण पालना गर्दै गुणस्तरिय पाठ्यपुस्तक भोलिका
राष्ट्रका कर्णधार विद्यार्थी भाईबहिनी समक्ष पुर्या‍उन यस प्रकाशन प्रतिबद्ध रहेको र कुनै भ्रामक समाचारको
भ्रममा नपर्नुहुन अपील गर्दछौं ।

सहदेव प्रसाद सापकोटा
प्रबन्ध निर्देशक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ