- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। पाकिस्तानले गिलगिट बाल्तिस्तानको चिलास क्षेत्रमा रहेको बौद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक महत्वका मुर्तीहरु भत्काएको छ। उक्त क्षेत्रमा चीनको सहयोगमा बाँध निर्माणको काम भैरहेको छ। बाँध निर्माण पछि उक्त ऐतिहासिक क्षेत्र सदाका लागि ईतिहासबाट मेटिने छ।
अफगानिस्तानमा सन् २००१मा तालिबान शासकले हाजरजत क्षेत्रको बामियानमा रहो करिब २५ सय बर्ष पुरानो भनिएका बुद्धका मुर्तीहरु भत्काएका थिए। उक्त कुराको पुरै विश्वबाट बिरोध भएको थियो।
पाकिस्तानमा रहेको ती बुद्धका मुर्तीहरु पहिलो शताब्दी तिरको रहेको अनुमान गरिएको छ। गिलगिट बाल्तिस्तानको काराकोरम राजमार्गमा त्यस्ता ऐतिहासिक आकृतीहरु देख्न सकिन्छ।
उक्त क्षेत्रमा चीनको सहयोगमा डायमर बाशा बाँधको निर्माण भैरहेकोले सो ऐतिहासिक महत्वका कलाकृतीहरु अब पानीमा मिसिने भएको छ भने पुरातात्वकि महत्वका सो क्षेत्र सधैका लागि बिलिन हुने भएको छ।