arrow

टुट्यो सलमानको प्रिय साजिद–वाजिदको जोडी, संगीतकार वाजिदले छाडे धर्ती, कोरोनाको आशंका 

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
sajid-wajid.jpg

काठमाडौं । बलिउडको चर्चित संगीतकारको जोडी साजिद–वाजिद टुटेको छ ।  संगीतकार वाजिद खानको आइतबार राति अबेर मृत्यु भएसंगै जोडी टुटेको हो । 

उनको ४२ वर्षकै उमेरमा ज्यान गएको हो । उनी लामो समयदेखि किड्नीका बिरामी थिए । 

मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको थियो । स्थिति नाजूक भइसकेपछि अन्तिम समयमा भेन्टिलेटर सपोर्ट दिएर राखिएको थियो । 

उनको निधनमा भारतीय कैयौं सेलिब्रिटीहरुले दुःख जताएका छन् । 

उनलाई कोरोना भाइरसको समेत आशंका गरिएको छ । त्यसको समेत परीक्षण गरिएको बुझिएको छ । 

वाजिदमा बच्चादेखिका साथी रणवीर सुरेले आफू निकै नै दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘वाजिदले कोभिड–१९ का अगाडि घुँडा टेके ।’ 

साजिद– वाजिदले अन्तिम काम सलमान खानसंग गरेका थिए भाइ–भाइ गीतमा । वाजिदले सलमानकै सन् १२९९८ मा आएको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट बलिउडमा डेब्यु गरेका थिए । 

यो जोडी सलमानको सबैभन्दा प्यारो म्युजिक कम्पोजर जोडी पनि थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ