arrow

लकडाउनमा किन बढ्यो मोबाइल र ल्यापटपको माग ?

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
foldable-laptop.jpg

हेटौँडा ।“लौ है छिटो लिनु पसल बन्द हुने बेला भो, पैसा घट्दैन लिए लिनु नत्र छोड्दिनु”, यी भनाइ हेटौँडास्थित एक मोबाइल व्यवसायीको हो । हेटौँडा–४ का ती व्यवसायीले हेटौँडा–४ की सुनिता पौडेललाई भनिरहनुभएको थियो भने पौडेलले पनि सोही रकम तिरेर मोबाइल लिँदै हुनुहुन्थ्यो । 

उहाँले लकडाउनको समयमा  छोरालाई अनलाइन शिक्षाका लागि मोबाइल खरिद गरिएको जानकारी दिनुभयो । घरमा चलाउँदै आएको मोबाइलले राम्रो काम नगरेपछि छोराको पढाइ नबिगार्नको लागि नयाँ मोबाइल किनेको उहाँको भनाइ छ । कक्षा ९ मा अध्ययन गर्ने छोरालाई विद्यालयले अनलाइन कक्षा शुरु गरेपछि नेट जोडेसँगै नयाँ मोबाइको आवश्यकता परेको उहाँले बताउनुभयो ।  

त्यसैगरी हेटौँडा–९ कि विष्णु राईले आफ्नो बच्चालाई जसोतसो निजी विद्यालय पठाएको भए पनि हाल ल्यापटन किन्न र नेट जोड्दिन नसककेकाले अरुसरह पढ्न नपाएको गुनासो गर्नुभयो । उहाँको श्रीमान्ले गाडी चलाउने र उहाँले एक उद्योगमा मजदुरी गर्ने गरेको बताउँदै यस्ता खर्च आफूहरुले गर्न गाह्रो भएको सुनाउनुभयो । 

केही अभिभावक ल्यापटप र मोबाइल किन्न ब्यस्त छन् भने केही अभिभावक आफ्नो आर्थिक अवस्थाका कारण किन्न नसक्दा बच्चाको पढाइ बिग्रँनेमा चिन्तित देखिन्छन् ।  मोबाइल व्यवसायीले आफूले बिहान मात्र मोबाइल र ल्यापटप बेच्न नभ्याएका कारण साँझको समयमा घरघरमा पु¥याइदिने गरेको बताउनुभयो । 

उहाँले बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्ने व्यापार गर्न भ्याइनभ्याइ भएको जानकारी दिँदै बन्दाबन्दीमा मोबाइलसँगै ल्यापटपको माग बढेको जानकारी दिनुभयो । बन्दाबन्दीका कारण शैक्षिक संस्था पूर्णरुपमा बन्द रहेका छन् । लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरिरहेका छन् । यसै क्रममा मकवानपुरका सामुदायिक र निजी विद्यालयले निश्चित समय तोकेर अनलाइनबाट सञ्चालन गरिरहेका छन् । मकवानपुर जिल्लाका साथै सदरमुकाम हेटौँडाका केही निजी तथा सामुदायिक विद्यालयले अनलाइनबाट सञ्चालन गर्न थालेपछि मोबाइल र ल्याप्टपको बिक्रीवितरण र व्यापार बढेको बताइएको छ । 

अनलाइनबाट सञ्चालनका लागि इन्टरनेट, मोबाइल, ल्यापटप र कम्प्युटरको आवश्यकपर्ने र जुम, वाट्सअप, फेसबुक म्यासेनजरलगायतका न्यु मिडियाको सहयोगमा अनलाइन कक्षा हुने भएकाले अभिभावक मोबाइल र ल्यापटप किन्न आउने गरेको मोबाइल तथा कम्प्युटर व्यवसायीको भनाइ छ । बिहान व्यापार गर्न नभ्याएकाले फोनमा माग गर्नेलाई घरमा नै पु¥याउने गरेको उहाँहरुको भनाइ छ ।  

केही विद्यालयले दैनिक अनलाइन कक्षा सञ्चालन गर्ने पाइएकाले अभिभावकले अनलाइन कक्षाका लागि फोन गरेर मोबाइलका बारेमा सोध्ने गर्छन्, विशेषगरी राम्रो क्यामरा भएको १० देखि २० हजार मूल्यका मोबाइलको बढी बिक्ने गरेको मोबाइल व्यवसायी सुजन घिमिरेको भनाइ छ । उहाँले दैनिक पाँचदेखि १० वटा मोबाइल बिकेको जानकारी दिनुभयो ।  

 मोबाइल तथा ल्यापटपको व्यवसाय फस्टाउँदा निम्न वर्गको विद्यार्थीलाई यसले असर पु¥याएको बताइएको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पूर्वप्राचार्य ऋषिराम पोखरेलले यस्तो अवस्थाले निम्नवर्गका विद्यार्थीलाई मर्कामा पार्ने बताउनुभयो । अनलाइन कक्षा फाइदाजनक भए पनि सबैको पहुँचमा नहुनुले दुःखित तुल्याएको उहाँको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ