arrow

सस्तोमा धान बेच्दै किसान

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
359535890.jpeg
यादव आचार्य, बर्दिया । मानो रोपेर मुरी फलाउन मिहिनेत गरेका बर्दियाका किसानहरु सस्तो मुल्यमा धान विक्री गर्न वाध्य छन् । जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेको मुल्य निर्धारण समितिले धानको मुल्य नतोक्दा किसानहरु सस्तो मुल्यमा धान वेच्न वाध्य भएका हुन् ।

समयमा पानी नपर्नु, मलको आपूर्ति प्रर्याप्त नहुँनु लगायतका अनेकौ समस्याका विच उत्पादन गरेको अनाजले मुल्य नपाउँदा यतिखेर कृषि प्रधान देशका किसानहरु पिडित वनेका छन् । किसानको समस्या उपर सरोकारवाला कृषि विकास कार्यालय र खाद्य संस्थानले कुनै चाँसो नदेखाउँदा किसानहरु मर्कामा परेका छन् । 

नेपाल खाद्य संस्थान राजापुरले हालसम्म धानको खरिद खुला नगरेको र मुल्य निर्धारण समितीले धानको मुल्य नतोक्दा कृषिमा लगाएको लगानी समेत असुली नहुनेमा किसानहरु चिन्तित देखिन्छन् । बजारमा मोटो धानको मुल्य १६ सय रुपैया प्रति क्विन्टल र मसिनो धान हाल सम्म पनि बजारमा नआएकाले त्यसको कुनै मुल्य नतोकिएको व्यापारीले वताएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ