arrow

के छ संसदमा मंगलबार ?

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । अहिले बजेटका विषयसंगै समसामयिक विषयमा सांसदहरुले आफ्ना विचार राख्ने क्रम चलिरहेको छ । 

त्यसैगरी सरकारले विभिन्न विधेयकसमेत प्रस्तुत गरिहेको छ । 

उक्त क्रममा मंगलबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन र विधेयक प्रस्ताव पेश गर्दैछन् । 

ओलीले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७५–७६ को नेपाल सरकारको वार्षिक प्रतिवेदन समक्ष पेश गर्नेछन् । 

त्यस्तै ओलीले तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र अनुगमन तथा मुल्यांकन विधेयक २०७६लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयको सम्भावित कार्यसूचीम उल्लेख रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ