arrow

लकडाउन कोरोनाको समाधान होइन

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
gp-koirala-foundation.jpg

काठमाडौं । कोभिड १९ को सामना गर्न प्रवाह भएको सरकारी व्यवस्थापन र बिनियोजित बजेटका सन्दर्भमा जीपी फाउन्डेशनले डिजीटल संवाद चलाएको छ। 

संवाद कार्यक्रममा फाउण्डेशन बाग्मती प्रदेश संयोजक एवं कांग्रेस नेतृ रिता खनालले कोरोना टेष्टमा सरकारले बैज्ञानिक पद्धती अपनाउन नचाहेकोमा प्रश्न गरिन् । 

खनालले भनिन्, ‘राहत बितरणमा एकद्धार प्रणाली भनिएको छ । ६८ दिनसम्म दश किलो चामल र दुई किलो दाल दिएर सरकार उम्किन खोजिरहेको छ । उल्टो अर्थ मन्त्री बेला बेलामा कर बढउने धम्की दिने गर्छन।' 

उनले थपिन, 'राहत कोषमा अरबौं रकम छ। तर कोष परिचालन गर्न सरकार किन उदाशीन छ। यो महाब्याधीमा नागरिकको जीवन र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखिनुपर्दछ। तर सरकार सत्ता कब्जामा लागेको छ। बजेट पनि कोरोना कहरको समयको जस्तो नभइ सहज अवस्थाको जस्तो गरि ल्याइएको छ।' 

बिपन्न बर्गको बाच्न पाउने पहिलो अधिकार, श्रमजीवी बर्ग, नीजि ब्यवसायिक क्षेत्र र प्रबासबाट फर्किएका नागरिक र समग्र अर्थ ब्यबस्थाको पुनर्जीवनमा केन्दृत नभएको उल्लेख गर्दै खनालले संक्रमण रोक्ने औजारका रुपमा लकडाउनलाई सरकारले बुझनु गलत भएको बताइन । 

डिजिटल संवादमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं जीपी फाउण्डेसन प्रदेश पाँचका संयोजक डा गोविन्दराज पोखरेलले कोरोनाको बिषम परिस्थिीतीको संबोधन गर्न बजेट पर्याप्त नभएको बताए। सरकारले २ प्रतिशत जनताको पीसीआर परिक्षण गर्ने भनेको छ तर त्यो पनि पर्याप्त नभएको उल्लेख गर्दै पोखरेलले देशभरका सरकारी र निजी अस्पतालमा ८ सयवटा भेन्टिलेटर भए पनि ति प्रयाप्त नहुने बताए ।

पोखरेलले भने, ‘झण्डै तीन महिना लकडाउन भयो । यो अवस्थामा सरकारले अत्यावश्यक कामहरु सम्पन्न गर्न सकेन । स्वास्थ्य उपकरण थप्ने कुरामा सरकार चुकेको छ । सरकारले यो समय अबधीमा धेरै काम गर्ने सक्थ्यो तर गरेन । कोरोनाको  असर अर्थतन्त्रमा भयावह पर्ने देखिन्छ तर सरकारले व्यवसायीलाई सम्बोधन गरेन ।’  

अन्य देशका मोडेल  र छिमेकी चीनले कोरोना उपचारमा प्रभावकारी कदम चालेपनि नेपाल सरकार नागरिकप्रती भन्दा सत्ता केन्द्रित भएको आरोप फाउण्डेशन प्रदेश नं २ संयोजक एवं कोभिड अस्पतालका डाक्टर सुवाशचन्द्र यादवले लगाए। यस क्षेत्रको अबस्था झनै भयावह हुँदै गए पनि सरकारले उपकरण लगाएतका प्राविधीक पक्षमा काम हुन नसकेको र आम मानिसलाई कोरोनाका बारे बुझाउन सरकार असफल भएको उनले टिप्पणी गरे ।

त्यस्तै फाउण्डेशनका प्रदेश ७ संयोजक चतुर बहादुर चन्दले कोभिडमा सरकारको आंकलन गलत सावित भएको र सरकारको तयारी नपुगेको बताए । नागरिकलाई घरमा थुनेर कोरोनाको उपचार हुन नसक्ने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ