arrow

मारिएको तीन महिनापछि घैंटेको अन्त्येष्ठी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
183897371.jpeg
काठमाडौं । गत भदौ ३ गते राजधानीको सामाखुसीमा प्रहरीको गोली लागि मृत्यु भएका स्थानीय कुमार श्रेष्ठ (कुमार घैंटे) को करिब ३ महिनापछि कार्तिक ३० गते सोमबार अन्येष्टि गरिएको छ । श्रेष्ठ मारिएको घटनाको विषयमा सत्यतथ्य छानबिन गरी त्यसको विवरण सार्वजनिक नगरुञ्जेल परिवार तथा आफन्तले शव नबुझ्ने भन्दै अडान लिएपनि प्रहरी दबाबमा उनको शवको अन्येष्टि गर्न लगाएको आफन्तहरुले दुखेको गरेका छन्। सोमबार घैटेलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। लामोसमयदेखि अस्पताला राखिएको उनको शबलाई उनका आफन्त र साथीहरुले पशुपति आर्यघाटमा दाहसंस्कार गरेका थिए।  नेपाली काँग्रेस खेलकुद विभागमा रहेका घैंटेलाई काँग्रेसको झण्डा ओढाएर दाहसंस्कार गरिएको खेलकुद विभागले जनाएको छ।
प्रहरीमाथि आक्रोश
घैंटे मारिएपछि प्रहरीले उनको हत्या इन्काउन्टरमा भएको भन्दै विभिन्न सञ्चारमाध्यममा जानकारी गराएको भएपनि घटनास्थलको प्रकृति, शवमा लागेको गोली तथा प्रत्यक्षदर्शी स्थानीय वासिन्दाको भनाईलाई आधार मान्दा प्रहरीले घैंटेलाई उनको घर नजिकैको मोटरसाइकल पार्किङ्गमा घेरा हालेर पछाडिबाट गोली हानेर हत्या गरेको दाहसंस्कारमा आएकाहरुको आरोप छ। राष्ट्रिय मानवअधिकार आयोग र शिक्षण अस्पतालको विज्ञ टोलीले शवको पोस्टमार्टम तथा शवमाथि लागेको गोलीको अनुसन्धान गर्ने क्रममा घैंटेमाथि कुल १४ वटा गोली लागेकोमा १३ वटा गोली पछाडिबाट प्रहार गरिएको र एउटा मात्रै गोली अगाडिबाट हानिएको उल्लेख छ। उनलाई लागेका अधिकांश गोलीहरु उनको शरीरका कम्मरभन्दा माथिका भागमा लागेको उनका साथीहरुले ति रिपोर्टहरुलाई उल्लेख गर्दै जनाएका छन् । सोही घटनालाई लिएर घैंटे र उनका आफन्त तथा एवं साथीभाईले प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, सर्वोच्च अदालतलगायतका स्थानमा उजुरी दिएका थिए । तर प्रहरीले घैंटे निकटका साथीहरुलाई पटक पटक फोन गरेर यो घटनालाई थप नलम्ब्याउन चेतावनी दिइरहेको पीडितको गुनासो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ