arrow

अमेरिकामा हजारौँद्धारा शान्तिपूर्ण प्रदर्शन

logo
एपी,
प्रकाशित २०७७ जेठ २१ बुधबार
usa-protest1.jpg

मिनियापलिस। हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ। प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ। एक हप्ता अगाडी भएको घटनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो। अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन्।

आन्दोलन हिंसात्मक हुदैगएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कफ्र्यु आदेश पनि जारी गरेका थिए। कतिपय ठाउँमा कफ्र्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउदै लगेका थिए। प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १ जनाको मृत्यु पनि भएको छ। यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन्।

तर बुधबार विहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ। मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ