arrow

कर तिर्ने समय थप

logo
रासस,
प्रकाशित २०७७ जेठ २१ बुधबार
ird-inland.jpg

काठमाडौं। आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ। करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम गरिएको विभागले जनाएको छ।

यसअघि विभागले यही जेठ २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको थियो। व्यवसायीको मागलाई ध्यानमा राख्दै विभागले आज सूचना जारी गर्दै करको विवरण तथा कर बुझाउने समय थप गरेको हो। “विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताले आवधिकरूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ गते र जेठ मसान्तसम्म थप गरिएकामा उक्त अवधि पुनः थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिला गर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, विभागद्वारा जारी सूचनामा उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ