arrow

आईपीएल क्रिकेट: हैदरावाद बिजयी

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
IPL_Shikhar_Dhawan.jpg.jpeg
काठमाडौं। अंक तालिकाको दोस्रो स्थानमा रहेको गुजरात लायन्सलाई सनराईजर्स हैदरावादले ५ विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले बयाटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १२६ रन बनाएको थियो। एरोन फिन्चले ४२ बलमा ५१ रन बनाएका थिए। कप्तान सुरेश रैनाले १० बलमा २० रनको योगदान दिएका थिए। भुवनेश्वर कुमार र मुस्तफिजुर रहमानले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदरावादले १९ ओभरमा ५ विकेट गुामउँदै १२९ रन बनाउँदै बिजयी भएको हो। शीखर धवनले ४० बलमा ४७* रन बनाएका थिए। त्यसैगरि डेविड वार्नरले २४ रनको योगदान दिएका थिए। गुजरातका ड्वाएन ब्राभो र धवल कुलकर्णीले २-२ विकेट लिएका थिए।
 
खेलका प्लेयर अफ म्याच भुवनेश्वर कुमार घोषित भएका छन्।
 
अंक तालिकामा कोलकाता नाइट राईडर्स पहिलो स्थानमा छ भने गुजरात र दिल्ली क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्। बैंग्लोर र पञ्जाब दुई जीतका साथ सातौं र आठौं स्थानमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ