arrow

मस्टवान्टेड हाराहाङको खोजी तिव्र

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1031934823.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पूर्वी नेपालमा लिम्वुवान मूलवासी स्वतन्त्र लिम्वुवान पार्टीको नाममा अपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरीको मस्टवान्टेडको सूचीमा रहेका हाराहाङ उर्फ देउमान लिम्वूको खोजी कार्य प्रहरीले बढाएको छ ।

ताप्लेजुङको दुर्गम क्षेत्रका अलैँची हुने गा.वि.स.हरुमा लुकिछिपी बसेर अपराधिक गतिविधि गर्दै आएको भनिएका लिम्वूलाई छिमेकी जिल्ला पाँचथरमा पनि प्रहरीले खोजी कार्य बढाएको हो । ताप्लेजुङ–पाँचथर आवातजावत गर्ने सवारीमा दैनिक रुपमै चेकजाँच गर्दै आएको प्रहरी निरीक्षक गोविन्द झाले बताए ।

मातहतका प्रहरी युनिटलाई पनि लिम्वूको हुलियाका आधारमा खोजी कार्य तीव्र बनाउन निर्देशन दिएको र भारतीय सीमा क्षेत्रमा पनि कडाई गरिएको झाको भनाई छ । ताप्लेजुङमा प्रहरीले सर्च अभियान चलाउँदा पाँचथरको भूमी हुँदै अन्त्यन्त्र जाने सम्भावनालाई मध्यनजर गरी चेकजाँचलाई नियमित बनाउनु परेको बताइएको छ । यसअघि गत साता मात्रै हाराहाङ समूहकै दोश्रो तहका कमाण्डर शिव राना मगरलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनी ताप्लेजुङको सान्थाक्रा –६ मा प्रहरीसँगको दोहोरो गोली हानाहानमा संलग्न रहेको पाइएको छ । पाँचथर हुँदै उनी इटहरी पुगेको हुन सक्ने भन्दै प्रहरीले हाराहाङको खोजी कार्य पाँचथरमा बढाएको हो । अलैँचीको सिजनमा चन्दा उठाउने,नियन्त्रणमा लिने र स्थानीयलाई आतंकित गर्ने कार्य गरेको सर्वसाधारणको गुनासो छ । उनी विरुद्ध चन्दा ,लुटपाट र विस्फोट गराएको अभियोगमा मुद्धा चलिरहेका छन् । उनको प्रभाव पूर्वका ताप्लेजुङ सहित पाँचथर,इलाम,तेह्रथुम,झापा र भारतका सीमावर्ती राज्यहरु पश्चिम वंगाल र सिक्किममा पनि पर्न थालेको प्रहरीको ठम्याई छ ।

हाराहाङ समूहले प्रहरीमाथि फायरिङसमेत गरिसकेको छ । प्रहरीको जवाफी फायरिङमा सोही समूहका खेजेनिम –३ का २५ वर्षिय समिर लिम्वूको ज्यान गएको थियो । तर हाराहाङले भने आफू अपराधिक समूह नभएर राजनीतिक मुद्धा बोकेर अरुण पूर्व स्वतन्त्र लिम्वुवानको पक्षमा लड्दै आएको राजनीतिक संगठनमा आवद्ध भएको दावी गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ