arrow

युट्युबले सन् २०१७ सम्ममा टिभिको स्थान लिने !

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
youtube.jpg.jpeg
 
 
एजेन्सी । युट्युबले टिभिको स्थान लिने तयारि गरिरहेको खुलेको छ । युट्युब 'अनप्लग्ड' नामक एउटा पेड सब्सक्रिप्शन सर्भीसमा काम गरिरहेको कम्पनिले जनाएको हो । जुन ग्राहकहरुलाई केबल टीभि च्यानललाई इन्टरनेटमा  स्ट्रीमिङ्ग गर्ने सुविधा दिनेछ । सो कुराको खुलासा उक्त  प्रोजेक्टमा काम गरिरहेको युट्युबका कर्मचारीले गरेका हुन्  ।
 
बेलायति पत्रिका 'द टेलीग्राफ' का अनुसार , यस प्रोजेक्टको लागि युट्युबले प्राविधिक ढाचा तयार गरिसकेको छ । प्रोजेक्ट अनलाइन भिडियो कम्पनीको सबैभन्दा ठुलो प्राथमिकता मध्ये एक हो । यो सेवा चाडै सुरु हुने विश्वास कम्पनिले लिएको छ ।युट्युब टिभिको रुपमा सन् २०१७ सम्ममा सुरु गर्ने ग्रहकार्य भइरहेको छ ।
 
युट्युबका एक्जीक्यूटिभले यस  योजनालाई लिएर  मीडिया कम्पनिहरुसँग कुराकानी गरेका छन् । जसमा कमकास्टको एनबीसी यूनिभर्सल, वायकम, ट्वेन्टीफर्स्ट सेन्चुरी फक्स र सीबीएस जस्ता ठुला कम्पनीहरु रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ