arrow

दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
nurse1.jpg

भरतपुर । जिल्लामा रहेको भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले सोमबार प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।
 
पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । 

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जना, नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जना रहेका छन् ।
 
त्यसैगरी नवलपुरका पाँच जना र धादिङ्का एक जनामा पनि कोरोना पुष्टि भएको हो ।  माडी र भरतपुर महानगरपालिकामा भेटिएका संक्रमितहरु भारतबाट आएका नेपाली छन् । अस्पतालमा भएकाहरुमध्ये नारायणी सामुदायिक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अवस्था गम्भीर रहेको छ ।

 भरतपुर अस्पतालका डा प्रमोद पौडेलका अनुसार सो अस्पताल र कोरोना अस्पतालमा उपचाररत छ जनाको सोमबार गरिएको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको छ । ती दुई अस्पतालमा आठ जना कोरोना संक्रमित उपचाररत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ