arrow

लकडाउन खुकुलो बनाउँदा साउदी अरेबियामा बढ्यो कोरोना संक्रमण, नेपाललाई हुनसक्छ पाठ 

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ जेठ २९ बिहिबार
corona-lockdown-hamrakura.jpg

साउदी अरेबिया । नोबेल कोरोना भाइरसको महामारीलाई रोक्न साउदी सरकारले लामो समयसम्म देशलाई नै लकडाउन गरी धेरै हद सम्म संक्रमणलाई नियन्त्रणमा लिएपछि अहिले सरकारले लकडाउन खुकुलो गरेदेखि दिनदिनै कोरोनो भाइरसको संक्रमितको संख्या बढ्दै गएको देखिएको छ ।

साउदी अरेबियामा सरकारले कोरोना भाइरसलाई रोक्न हरसम्भब प्रयास गरेपछि कोरोना संक्रमणलाई धेरै हदसम्म नियन्त्रणमा लिएपछि साउदी सरकारले देशैभर लगाएको लकडाउनमा मक्का बहेकका ठाउँमा खुकुलो गरेपछि सोमबारदेखि लगातार ३ हजार भन्दा बढी कोरोना संक्रमितहरु भेटिएका छन् ।

बुधबार एकैदिन साउदी अरेबियामा ३ हजार ७ सय १७ जना नयाँ नोबेल कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । 

जबकि बुधबार नै कोरोनाको संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ । साउदी अरेबियामा एकैदिन यति ठूलो संख्यामा संक्रमित भेटिएको अहिले सम्मको यो पहिलो पटक हो ।

रियाद १,३१७ जना संक्रमितका साथ पहिलो नम्बरमा रहेको छ भने जद्दा ४६०, हाफुफ १९४,दम्माम १८९, कताइफ १५७, मक्का १४०, मदिना १२७, ताइफ १२७, अल खोबर १०३ जना जस्तै नयाँ भेटिएका संक्रमित रहेका छन् ।

कोरोना भाइरसको संक्रमित रहेका मध्ये बुधबार एकैदिन १ हजार ६ सय १५ जना उपचारपछी रिकभर भई निको भएका छन् । 

जबकि साउदी अरेबियामा हाल सम्म उपचारपछि रिकभर हुने संक्रमितको जम्म संख्या ७७ हजार ९ सय ५४ जना पुगेको साउदी स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाउँछ ।

बुधबार साउदी अरेबियामा कोरोना संक्रमणको जम्मा संख्या १ लाख १२ हजार २ सय ८८ पुगेको छ । 

जबकि कोरोना भाइरसको संक्रमणका कारण हाल सम्म साउदी अरेबियामा ८ सय १९ जना मृत्यु भईसकेको छ ।

साउदी अरेबियामा कोरोना भाइरसका ३३ हजार ५ सय १५ जना संक्रमित सक्रिय रहेका छन भने १ हजार ६ सय ९३ जना कोरोना संक्रमित गम्भीर रहेका स्वास्थ्य मंत्रालय जनाएको छ ।

नेपाललाई हुनसक्छ पाठ 
लकडाउन खुकुलो पारेसंगै कोरोना संक्रमित बढेको साउदीको घटनाबाट पाठ नेपाललाई पनि हुन सक्छ । 

पछिल्लो समय सरकारले बिना योजना लकडाउन लम्ब्याएको भन्दै व्यवसायीहरुले लकडाउनको उल्लंघन गरेपछि सरकार वाध्य भएर लकडाउन खुकुलो बनाउनतर्फ लागेको छ । 

पछिल्लो ८ दिनमा दुई हजार भन्दा बढी संक्रमित थपिइरहेका बेलामा सरकारले लकडाउन खुकुलो बनाइरहेको छ । यसले स्थिति झन् भयावह हुने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ