एजेन्सी । बलिउड अभिनेता संजय दत्तले एक पटक फेरी जेल जीवन सम्झिएका छन् । अवैध हतियार रखेको अभियोगमा जेल सजाय काटिसकेका संजय भने,' पुणे जेलमा धेरै झिँगा रहेका थिए ।' झिँगा चाहे कपालमा होस वा कपडा , हरेक ठाउमा उडिरहेका हुन्थिए ।
संजयका अनुसार कयौ पटक उनको दालमा झिँगा भेटिए । 'म झिँगा निकालेर दाल पिउथिए । एक साथीले दाल पिउनुको कारण सोधे मैले दालमा प्रोटीन हुने बताए ।'
दिल्लीमा भएको एक कार्यक्रमको क्रममा संजयले मानिसहरुसँग जेलका अनुभवहरु साटेका हुन् । जो पारिवारिक र कैदिसँग जोडिएको छ । संजयका अनुसार , ''जब म पहिलो पटक जेल गए तब बुबा र बहिनि प्रिया धेरै दुखि थिए ।
राखी बाध्ने दिन प्रिया जेलमा आउदा मैले उनलाई एउटा कुपन गिफ्ट दिए जुन काम गरे बापत जेलले मलाई दिन्थियो ।''
दत्तका अनुसार , ''जेलमा झिँगा भएको दाल पिउथिए । आज श्रीमातिले घरमा दाल बनाउदा गुनासो गर्न सक्दिन ।'' संजयले भने , “बच्चाहरुलाई म जेल गएको बिषयमा थाहा थिएन ।
उनिहरुलाई मैले माउन्टेन एरियामा सुटिङ्ग गर्दैछु भनेको थिए । मान्यतालाई भनेको थिए कि उनि बच्चालाई लिएर जेल नआउन । म चाहान्न थिए कि बच्चाहरुले मलाई फाटेको कपडा र टोपिमा देखुन् । महीनामा दुई पटक म छोरा छोरिसँग फोनमा कुरा हुन्थ्यो ।”
संजयले भने , “२३ बर्ष पहिले मलाई टाडा कानुन (आतंकबाद विरुद्धको कानुन) के हो भनेर थाहा थिएन । जब मलाई पहिलो पटक सजाय सुनाईयो तब म मरिससमा सुटिङ्गको क्रममा थिए । बहिनि प्रियाले फोनमा मलाई सजायको बारेमा सुनाइन् । मुम्बई फिर्ता हुदा एयरपोर्टमा हजारौ प्रहरी मलाई बन्दुक तेर्साएर बसेका थिए , मलाई लाग्यो म ओसामा बिन लादेन हु।”
दत्तले भने , “ यदि इच्छाहरु सकिए, जिन्दगी जिउन सजिलो हुन्छ । त्यसैले जेलमा कुनै आाश राखिन । जेलमा गीता र कुरान खुवै पढे । जेलमा बाथरूमको अगाडि मन्दिर थियो। तर कुनै फरक परेन किनभने भगवान त मनमा हुन्छन् ।”
उनले भने , “जेल जादा मेरो वजन ११० किलोग्राम थियो।किनभने म धेरै रक्सि पिउथिए । एक दिन लाग्यो कि पेट केहि ज्यादा बाहिर निस्कियो । त्यो देखेर आफेलाई लाज लाग्यो ।
यार्डमा नै कद्न थाले र बाल्टिनसँग एक्सरसाइज । कसले भन्छ जिम गएर मात्र फिटनेस हुइन्छ भनेर । भित्तामा रिस नमरुन्जेल सम्म मुक्का बजाउथे ।”