arrow

क्याम्पसमा करार शिक्षक–कर्मचारीलाई ‘कामपछि दाम नीति’ ? 

जेठ २ गते नै अवधि सकिएका १४ शिक्षकको के हुन्छ ? 

logo
प्रकाशित २०७७ असार १ सोमबार
103320523_206242343782627_6.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सरकारकै आदेश विपरीत करार शिक्षक तथा कर्मचारीलाई व्यवहार गरेको पाइएको छ । 

सरकारले लकडाउन भएको अवस्थामा कर्मचारी तथा मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिए पनि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको कार्यकारिणी समितिले सरकारको आदेश विपरीत निर्णय गरेको हो ।

क्याम्पस कार्यसमितिले जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक–कर्मचारीको तलब नदिने निर्णय गरेको हो । उक्त निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक–कर्मचारी प्रभावित भएका छन् ।

कार्यसमितिले करार अवधि थप्ने निर्णय गरे पनि लकडाउन खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने (काम गरेपछि दाम दिने) निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष नेत्र प्रसाद नेपालले बताएका छन् ।

यो निर्णयबाट जेठ २ गतेदेखि करार अवधि सकिने १४ जना शिक्षक कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन् ।

नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस्तो विषय परिस्थितिमा गरिएको यस्तो अप्रिय निर्णयलाई पुनर्विचार गरी निज प्राध्यापकहरुको मागलाई अभिलम्ब सम्बोधन गरिनु पर्दछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ