arrow

‘नो पीसीआर, नुन तेल बेसार, कोरोनाको उपचार- डा. केपी ओली’

सर्लाहीमा सरकार विरुद्ध नेविसंघको प्रदर्शन

logo
प्रकाश मैनाली,
प्रकाशित २०७७ असार १ सोमबार
nsu-sarlahi.jpg

सर्लाही । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सर्लाहीको लालबन्दीमा  विरोध प्रदर्शन गरेका छन् । ‘नो पीसीआर, नुन तेल बेसार, कोरोनाको उपचार–डा. केपी ओली’भन्दै नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओली सरकारबिरुद्ध जनज्योति बहुमुखि क्याम्पस विरोध प्रदर्शन गरेका हुन् ।

केपी ओली सरकार कोरोना भाईरस संक्रमण नियन्त्रण भन्दापनि भ्रष्टाचारमा लिप्त भएको संघको आरोप छ । नेविसंघले ‘नो पीसीआर, नुन तेल बेसार, कोरोनाको उपचार–डा. केपी ओली’, ‘भारतले सिमा मिच्यो, कोरोनाले देश थिच्यो, सरकारले १० अर्ब घिच्यो’, ‘पैसा छैन गोजीमा, सरकार करको खोजीमा’, ‘अपराधी घटना बढ्दै छ, ३ तह नै आपसमा लड्दै छ’, ‘छोरा बिग्रे दादागिरी, छोरी बिग्रे सरिता गिरी’ जस्ता व्यंग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर संघका नेता कायक्राले पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ किनारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका थिय ।

कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका पुव समापती लक्ष्मय राय , क्षेत्र नमर १ सभापती प्रमोद बराल , लालबन्दी नगर सभापती प्रसान्त आचार्य नेविसंघका पुर्व सभापति बमल ढुङ्गेल नेता युवराज देवकोटा  मनेज बक्रेल  लगायत कायक्रमा सहभागि भयको नेविसंघ क्षेत्र नमर १ सभापती गोपाल काकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ