arrow

फ्रान्सेली युद्धक विमानद्वारा सिरियामा कारबाही जारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
749877823.jpeg
पेरिस । फ्रान्सेली युद्धक विमानले सिरियाको राक्वा सहरमा व्यापक मात्रामा थालेको हवाई हमला सोमबार राति पनि जारी रहेको समाचार छ । ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान नगरमा सोमबार रातिदेखि हवाई हमला गरिरहेका छन् । 
 
फ्रान्सको रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो । त्यस नगरमा रहेको लडाकूको कमाण्ड सेन्टरमा सो आक्रमण केन्द्रित गरिएको थियो । तर त्यसमा के कति क्षति भयो भन्ने बारेमा भने कुनैपनि समाचार सार्वजनिक गरिएको छैन । 
 
गएको २४ घन्टामा फ्रान्सेली विमानले यो दोस्रो पटक हमला गरेका छन् । गएको शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले सो आक्रमण थालेको हो । 
 
सोमबार मात्र पनि फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले सिरिया आतङ्ककारीको मूल थलोका रुपमा रहेको भनाई राख्नुभएको थियो । उहाँले आतङ्ककारीका विरुद्धको कारबाहीलाई जस्तोसुकै अवस्थामा पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । 
 
पेरिसमा भएको सो आतङ्ककारी हमलामा परी १३२ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । सो हमला आइएसले गरेको प्रमाणित भएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ