arrow

आईपीएल क्रिकेट: बलर हावी रहेका आइतवारका खेलहरु

logo
प्रकाशित २०७३ वैशाख २७ सोमबार
IPL_Mustafijur1.jpg.jpeg
काठमाडौं। हैदरावाद र गुजरातले आ-आफ्नो खेल जितेका छन्। हैदरावादले मुम्बईलाई पराजित गरेको छ भने गुजरातले कोलकातालाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। पहिलो स्थानमा आजको जीतसँगै गुजरात रहेको छ।
 
आईतवार भएको २ खेलमा बलरहरुको राम्रो दिन रहेको थियो। हैदरावादबाट आशिष नेहरा र मुस्तफिजुर रहमानले राम्रो प्रदर्शन गरेका थिए भने गुजरातका प्रविण कुमारले पनि राम्रो बलिङ गरेका थिए। दुवै खेलमा प्लेयर अफ म्याच घोषित भएका थिए।
 
हैदरावाद-मुम्बई
टस हारेर पहिले ब्याटिङ गरेको सनराईजरस हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। शिखर धवनले ८२ रन बनाएका थिए भने डेविड वार्नरले ४८ रनको योगदान दिएका थिए। मुम्बईका हरभजन सिंहले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको मुम्बई १६.३ ओभरमा ९२ रनमा समेटिएको थियो। हैदरावादका आशिष नेहराले राम्रो बलिङ गर्दै ३ ओबरमा १५ रन खर्चिंदै ३ विकेट लिएका थिए भने मुस्तफिजुर रहमानले ३ ओभरमा १६ रन खर्चिंदै ३ विेकट लिएका थिए। हैदरावादका आशिष नेहरा प्लेयर अफ म्याच घोषित भएका थिए। मुम्बईकालागि हरभजन सिंहले २१* रन बनाएका थिए। 
 
गुजरात-कोलकाता
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।२४ रनमा ४ विकेट गुामएको कोलकातालाई शाकिब अल हसन र युशुफ पठानले उकासेका थिए। हसनले ४९ बलमा ६६* रन बनाएका थिए भने पठानले ४१ बलमा ६३* रनको योगदान दिएका थिए। प्रविण कुमारले गुजरातकालागि ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले १८ ओभरमा ५ विेकटको क्षतिमा १६४ रन बानउँदै खेल जितेको थियो। ब्रेण्डन मकलम र एरोन फिन्चले २९-२९ रनको योगदान दिएका थिए। खेलका प्लेयर अफ द म्याच प्रविण कुमार घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ