arrow

हो म झुक्किए

logo
भोला नेपाल,
प्रकाशित २०७७ असार २ मंगलबार
bhola-nepal.jpg

के थाहा र म किसानलाई
सर्वहारा वर्गको अधिनायकत्व 
सुन्दा अचम्मित भए
तेसमाथी मुठ्ठी उचालेर अभिबादन कमरेड 
सुन्दै अचम्मित
मैले जानेको त 
बा, आमा, दाइ, दिदी, भाउजु, बुहारी
सबैमा 
भेट हुदा नमस्कार 
दिन दिनै आउथे र भन्थे
अब हामी गरिबको शासन आउँछ
क्रान्ति गर्नुपर्छ 
सामन्तीलाई ढाल्नु पर्छ

जोशै जोशमा पल्ला घरे ठुला बालाई
मैले सामान्त ठाने
एकै झोकमा ढालिदिए
पार्टी कमिटीले
क्रान्तिकारी भन्दै रातो टीका लगाइदिए
म बबुरो फुरुङ
जोश झनै बढ्यो
म क्रान्तिमा होमिए

शहर भरी हल्ला चल्यो 
सामन्त ढल्यो
अब बर्ग दुश्मन फेरियो
बिदेशीको इसारामा नाच्ने
यिनीहरुलाइ जरैदेखी मास्नु पर्छ
सक्कली जनबादी 
हामी मात्र हो
तिनिहरु त जनबादको नाममा खाने हुन
म निरन्तर निरन्तर डौडिरहे

केही पछि सुने
दुबै जनबादी मिले अरे
अब सच्चा जनबाद आउछरे
सत्ता चलखेल हुन्न रे
त्यसैले म 
अन्तिम पटक विश्वासमा परे
चुनाबमा छाप लगाए
तर
आज देख्दै छु
असली नियत
संसार रोएको बेला
तिनीहरु हास्दै छ्न
जस्लाइ म निरन्तर निरन्तर 
विश्वास गर्दै आए
हो
म झुक्किए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ