arrow

विद्यार्थी नेता हरिहर शर्माले दिए स्वास्थ्य सामाग्री

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २ मंगलबार
harihar-sharma-health-mater.jpg

बागलुङ। नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री एवं  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन्। बागलुङको जैमिनी नगरपालिका–७ मा जन्मिएका शर्माले आफ्नो गृह जिल्लाका केही स्वास्थ्य संस्था र क्वारेन्टाईन व्यवस्थापनका निम्ती आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन्। 

शर्माले आफ्नै गाउँमा रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रको साथमा गाउँमा रहेका नौ वटा क्वारेन्टाईन व्यवस्थापनका निम्ती आवश्यक पीपीई सहित स्वास्थ्य सामाग्री हस्तान्तण गरेका हुन। 

शर्माले देशमा दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढदै गएको र स्वास्थ्य क्षेत्रमा यसले झनै जोखिम बढाउँदै गएको भन्दै स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताए । उनले सदाको वर्ष जस्तै यस वर्ष पनि फरक शैलिमा आफ्नो जन्मदिनको अवसर पारेर प्रदान गरेको स्वास्थ्य सामाग्रीले स्वास्थ्यकर्मी र क्वारेन्टाईन व्यवस्थापनमा खट्नेका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

उनले ग्लोब्स १ हजार १ सय थान, मास्क ५ सय ५० थान, स्वास्थ्य संस्थाका लागि एक एक पिपिई सेट, ११ बोतल सेनिटाईजर, २२ प्याकेट हातधुने साबुन लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले संकटको बेलामा आफ्नो जन्मदिन मनाउने खर्चले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेर सराहनीय कार्य रहेको बताए। उनले यो बेला सवै मिलेर कोरोना संक्रमणको चुनौतिको सामना गर्नका लागि सजक हुनुपर्ने बताए।

हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस जैदिका सभापति बमबहादुर क्षत्री, जैदि स्वास्थ्य चौकीका स्वास्थ्य संस्था प्रमुख झलकराज आचार्य, वडा सदस्य विमला सुनार, नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल, शारदा प्राविका प्रअ अरुण पौडेल क्वारेन्टाईन व्यवस्थापनको तर्फबाट तमसम राना र मनोज चालिसे लगायतले बोलेका थिए।

शर्माले विगतका वर्षमा पनि विद्यालयका लागि शैक्षिक सामाग्री र कम्प्युटरहरु सहयोग गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ