arrow

संजयले उल्टो हिडेर किलिमन्जारो आरोहण गर्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1711733549.jpeg
काठमाडौं । कीतिमानी  बिश्व पर्वतारोही एवम् लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाकै छानो भनेर चिनिने माउन्ट किलिमन्जारो उल्टो हिडेर आरोहण गर्ने भएका छन् । अस्ट्रेलियाको सर्बोच्च शिखर कोजीयसको   एक वर्ष अगाडी २०१४ को  नोभेम्बरमा उल्टो हिडेर आरोहण गरेको सफल वर्षगाठको सुअवसरमा उनले मंगलबार काठमाडौँमा यस्तो घोषणा गरेका हुन् । एशिया, अफ्रीका, अस्ट्रेलिया, युरोप, अमेरिका, जापान लगायत अन्य  महादेशका सर्वोच्च हिमश्रृंखलाहरुको सफल आरोहण एवम् अनुभब लिएका पण्डितको अबको अन्तिम यात्रा अन्ट्राटिकाको विन्सोंन मशिफ रहेको छ ।

किलिमन्जारो आरोहण अन्ट्राटिका आरोहणको पुर्ब अभ्यासमा गरिएको  हुनाले थप सजिलो हुने विश्वास ब्यक्त गरेका  छन् । उनि नोभेम्बर २८ मा  प्रस्थान गर्दै छन् । उनि यो भन्दा पहिले पनि किलिमन्जारो आरोहण सम्पन्न गरिसकेका छन् । गएको वर्ष उनले ६ घण्टा १३ मि मा साउथ एशियाकै तीब्र गतिका आरोही का रुपमा कृतिमान गरिसकेका छन् ।

उनले यो  उल्टो हिडेर गरिने आरोहण वोर्ल्ड रेकर्ड हुने समेत दाबी गरेका छन् ।यो भन्दा अगाडी अहिलेसम्म कुनै आरोहीले किलिमन्जारोमा यस्तो प्रकारको कृतिमान गरेका छैनन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ